दार्जीलिङ, 21 अप्रेल : आइतबार दार्जीलिङमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को स्टेरिङ कमिटीको सभा सम्पन्न भयो। लोकसभा चुनाउपछि गोरामुमो स्टेरिङ कमिटीको यो पहिलो सभा थियो।
अर्कोतिर यो सभाबारे गोरामुमो प्रवक्ता नीरज जिम्बाले जानकारी गराएका छन्। जनसंवादसँगको टेलिफोनिक कुराकानीमा उनले जानकारी गराएअनुसार गोरामुमो उपाध्यक्ष केशवचन्द्र लामाले अध्यक्षता गरेका आजको स्टेरिङ कमिटीको सभामा दार्जीलिङको वर्तमान राजनीतिक अवस्थामाथि चर्चा-परिचर्चा गरिएको थियो।
यसका साथै सभामा दार्जीलिङ विधानसभा सीटका लागि आगामी 19 मईको दिन सम्पन्न हुने उपचुनाउबारे छलफल गरिएको जिम्बाको भनाइ छ।
“आज गोरामुमो पार्टीको स्टेरिङ कमिटीको सभा बसिएको थियो। सभामा गत 18 अप्रेलको दिन सम्पन्न लोकसभा चुनाउलाई लिएर हामीले समीक्षा गर्यौं”, गोरामुमो प्रवक्ताले थपे, “यसका साथै हामीले आउँदो उपचुनाउबारे पनि छलफल गर्यौं।”
एक प्रश्नको उत्तरमा उनले आगामी उप चुनाउमा पनि गोर्खा एकता र जीतका लागि गठबन्धन आवश्यक रहेकोले गठबन्धन यथावत रहोस् भन्ने पक्षमा गोरामुमो रहेको पनि बताए।
जिम्बाले भने, “हामीले गोर्खाको स्वाभिमान र एकताका लागि लोकसभा चुनाउमा गठबन्धन गरेका थियौं। यो गठबन्धनमा धेरै राजनीतिक पार्टी छन्। धेरै गैर राजनीतिक दलले पनि समर्थन गरेका छन्। यसैले हामी यो गठबन्धन आगामी उपचुनाउमा पनि यथावत रहोस् भन्ने चाहन्छौं।”
सहि छ्लफल।एकमत भाइ जातीय अस्मिता अनि गौरव बचाइ राख्नुछ।जय गोर्खा ।