कोलकाता, २१ अप्रेलः राज्यपाल जगदीप धनखड़ले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले संविधानको अवहेलना गरिरहेको आरोप लगाएका छन्।
यसका साथै राजभवनसँग कुनै प्रकारका सूचना साझा नगरेको भन्दै राज्यपालले भने, “मुख्यमन्त्रीको आचरण अलोकतान्त्रिक छ। यसले कोभिड-१९ विरुद्ध लड़ाइँ कमजोर बनिरहेको छ।‘’
आज ट्विटमार्फत् राज्यपालले यस्तो मुख्यमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन्। ट्विटमा उनले ममता ब्यानर्जीलाई लेखेको चिट्ठी पनि साझा गरेका छन्।
उक्त चिट्ठीमार्फत् राज्यपालले तृणमूल सरकारमाथि राशन घोटाला गरेको आरोप लगाएका छन्। साथै राज्य सरकारको नकारात्मक व्यवहारका कारण राज्यवासी कोरोना भाइरसको महामारीको समयमा पीड़ित बनिरहेको दाबी गरेका छन्।
राज्यपालको दाबीका अनुसार राज्यको स्थिति गम्भीर बन्दै जाँदैछ। चिट्ठीमा राज्यपालले लेखेका छन्, ‘हामी सबै मिलेर यस आपदासँग जुझ्नपर्ने आवश्यकता छ। तर राज्य सरकारसँग मेरो न्यूनतम कुराकानी पनि भएको छैन।’
उनले थप लेखेका छन्, ‘स्थिति अत्यन्त गम्भीर छ। पटक पटक भन्दा पनि ममता ब्यानर्जीले आफ्नो संवैधानिक दायित्व निर्वाह गरेकी छैनन्।‘