चियाकमानहरूमा केन्द्रका दिशानिर्देशहरूको उल्लङ्घन, उच्च न्यायालयमा याचिका दर्ता

0
1424

दार्जीलिङ, 21 अप्रेलः चियाकमानहरूमा लकडाउनलाई लिएर केन्द्र सरकारद्वारा निर्देशित नियमहरूको उल्लङ्घनविरुद्ध कोलकाता उच्च न्यायालयमा एक जनहित याचिका दर्ता गरिएको छ।

रोहन राईद्वारा पछिल्लो 14 अप्रेलका दिन दर्ता याचिकामा दार्जीलिङ तराई र डुवर्सका चियाकमानहरूमा केन्द्र सरकारद्वारा निर्देशित नियमहरूका पालन नगरिएको तथा चियाश्रमिकहरूका सुरक्षा उपकरण उपलब्ध नगराइएको र सामाजिक दूरीको नियमलाई अनुपालन नगरिएको बताइएको छ।

यसका साथै याचिकामा लकडाउनअवधिको हाजिरा पनि श्रमिकहरूलाई वितरण नगरिएको विषयलाई उठान गर्नका साथै केन्द्र सरकारका दिशानिर्देशलाई उल्लङ्घन गर्नेहरूलाई कड़ा कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ।

जानकारीका अनुसार यो जनहित याचिकालाई आज अघिल्लो सुनवाइका लागि सूचीबद्ध गरिएको छ भने अघिल्लो सुनवाइका लागि 28 अप्रेलका दिन तय गरिएको छ।

त्यसदिन भिडियो कन्फ्रेन्सिङद्वारा यस याचिकामाथि सुनवाइ हुने बताइएको छ।

उल्लेखनीय छ, देशमा लकडाउन चलिरहेको समयमै खुल्ला गरिएको उत्तर बङ्गालका अधिकांश चियाकमानमा  केन्द्र सरकारका दिशानिर्देशहरूको उल्लङ्घन भइरहेको गुनासोहरू चुलिएको छ, जसको कारण चियाकमानहरूमा कोरोना भाइरसको उच्च जोखिम देखिएको छ।

यसैले उत्तर बङ्गालका जनसङ्ख्यामध्ये करिब 70 प्रतिशत मानिस चियाकमान क्षेत्रमा बसोबास गर्नेगर्छन्। यसैले यी चियाकमानहरूका एकैजना श्रमिकमा पनि कोरोना सङ्क्रमण देखिएको खण्डमा उत्तर बङ्गाल नै कोरोना भाइरसको  ‘एपिसेन्टर’ बन्ने आशङ्का बाक्लो छ।

किनभने उत्तर बङ्गालका चियाकमानहरूमा न राम्रो स्वास्थ्य सेवाको व्यवस्था छ, न त कोरोना भाइरसलाई लिएर चियाश्रमिकहरू नै पर्याप्त मात्रा सचेत छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here