माध्यमिक परीक्षाको रिजल्ट घोषित, सौगात दास राज्यभरिमै पहिलो

0
2258
माध्यमिक परीक्षाको घोषणा गर्दै बोर्डका अध्यक्ष र अन्य।

कोलकाता, 21 मई : पश्चिम बङ्गाल बोर्ड अव्  सेकेन्डरी एजुकेशन (डब्ल्यूबीबीएसई)-ले माध्यमिक रिजल्टको घोषणा गरेको छ। माध्यमिक परीक्षा लेखेका विद्यार्थीहरूले आफ्नो रिजल्ट पश्चिम बङ्गाल बोर्डको अफिशल वेबसाइट wbbse.org र wbresults.nic.in –मा हेर्नसक्नेछन्।
पश्चिम बङ्गाल बोर्डले (WBBSE Madhyamik Result 2019) मङ्गलबार माध्यमिक रिजल्टको घोषणा गरेको हो। यसवर्ष  माध्यमिक परीक्षामा कुल 86.07 प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यहीं पूर्वी मेदिनापुरको उत्तीर्ण प्रतिशत सबैभन्दा बढ़ी रहेको छ। यो जिल्लाका 96.01 प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यहीं दोस्रो स्थानमा कोलकाता रहेको छ, यसका 92.13 प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसपालिको माध्यमिक परीक्षामा सौगात दासले राज्यभरि पहिलो स्थान प्राप्त गरेका छन्। मुहम्मदपुर देसोप्रान विद्यापीठका विद्यार्थी सौगातले कुल 700 अङ्कमा 694 अङ्क प्राप्त गरेका छन्। उनको प्रतिशत 99.14 रहेको छ।

त्यहीं श्रेयसी पाल र देबस्मीता साहाले संयुक्त राज्यभरि दोस्रो स्थान ओगटेका छन्। दुवैले समान 691 अङ्क प्राप्त गरेकी छन्। अर्कोतिर कमेलिया रोय र ब्राटिन मण्डल संयुक्त रूपले तेस्रो स्थान प्राप्त गरेका छन्। उनीहरू दुवैले 689 अङ्क प्राप्त गरेका छन्।  यो पालि माध्यमिक परीक्षा गत वर्षको तुलनामा राम्रो भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here