श्रेयसी र देवस्मिता संयुक्त रूपले उत्तर बङ्गाल टप्पर, सिलगढ़ीकी उर्जस्वी पाल दार्जीलिङ जिल्ला टप्पर

0
1896

सिलगढ़ी, 21 मई : राज्यभरिमै संयुक्त रूपमा दोस्रो स्थान ओगट्ने श्रेयसी पाल र देवस्मिता साहा संयुक्त रूपले उत्तर बङ्गाल टप्पर बनेका छन्। उनीहरू दुवैले समान 691 अङ्क प्राप्त गरेका छन्।

श्रेयसी पाल फालाकाटा गर्ल्स हाइ स्कूलकी छात्रा हुन् भने देवस्मिता साहा तूफानगञ्जस्थित इलादेवी गर्ल्स हाइ स्कूलकी विद्यार्थी हुन्। अर्कोतिर अलिपुरद्वारस्थित बाराबिसा हाइ स्कूलका छात्र अरित्र साहाले उत्तर बङ्गालमा दोस्रो स्थान प्राप्त गरेका छन्। उनले 687 अङ्क प्राप्त गरेका छन्। अरित्र साहाले राज्यभरिमै चौथो स्थान प्राप्त गरेका छन्।

त्यहीं तूफानगञ्जको इलादेवी गर्ल्स हाइ स्कूलकी छात्रा गायत्री मोदकले 684 अङ्क प्राप्त गरेकी छन्। उनले सम्भवतः उत्तर बङ्गालमा तेस्रो स्थान प्राप्त गरेकी छन्। अर्कोतिर सिलगढ़ी गर्ल्स हाइ स्कूलकी छात्रा उर्जस्वी पालले 680 अङ्क प्राप्त गरेकी छन्। उनी सम्भवतः दार्जीलिङ जिल्लामै टप्पर हुन्। उर्जस्वीका पिता रामकृष्ण पाल बुद्धभारती हाइ स्कूलका शिक्षक हुन् भने आमा पनि स्थानीय एक प्राइभेट स्कूलकी शिक्षिका हुन्। केवल एक अङ्क कम्ती आएकोले उर्जस्वी शीर्ष-10 मा पर्न सकिनन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here