होली क्रसकी रोमिधा राईले प्राप्त गरिन् 89 प्रतिशत अङ्क

0
2177
मेधावी छात्रा रोमिधा राई।

खरसाङ, 21 मई : सोनादास्थित होली क्रस  उच्चतर माध्यमिक विद्यालयकी छात्रा रोमिधा राईले माध्यमिक परीक्षामा 89 प्रतिशत अङ्क प्राप्त गरेकी छन्। उनले कुल 700 अङ्कमा 623 अङ्क प्राप्त गरेकी छन्।

रङमुक राई धुरानिवासी मेधावी रोमिधाकी आमा एसएसकेकी शिक्षिका हुन् भने पिताले व्यवसाय गर्छन्। सानैदेखि मेधावी उनले भूगोलमा 86, इतिहासमा 80, जीव विज्ञानमा 91, भौतिक विज्ञानमा 92, हिसाबमा 92, अङ्ग्रेजीमा 92 र नेपालीमा 90 अङ्क प्राप्त गरेकी छन्।

रोमिधालगायत भूमिका दाहालले 592 (84.5 प्रतिशत), प्रमिना गुरुङले 589 (84.1 प्रतिशत) र संस्कृति राईले 574 (82 प्रतिशत) अङ्क प्राप्त गरेका छन्। यसपालि होली क्रस स्कूलबाट कुल 118 जना छात्राले माध्यमिक परीक्षा लेखेका थिए, 4 जनाले ‘ए’ प्लस अङ्क प्राप्त गरेका छन् भने 57 जना पहिलो भएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here