अम्फानले बङ्गालमा व्यापक विनाशः १२ जनाको मृत्यु, ५२०० भन्दा अधिक घर क्षतिग्रस्त

1
992
फोटोः एएनआई ट्विटर।

कोलकाता, २१ मईः बङ्गालको खाड़ीबाट उठेको ‘महातूफान’ अम्फानले बङ्गालमा व्यापक विनाश गरेको छ।

जानकारीका अनुसार यस चक्रवाती तूफानकै कारण राज्यका १२ जना नागरिकले आफ्नो ज्यान गुमाएका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी स्वयंले यसबारे जानकारी गराएकी छन्। यसका साथै धेरैजना घाइते भएको बताइएको छ।

राज्यमा ५२०० भन्दा अधिक कच्चा पक्की घरलाई अम्फानले क्षति पुऱ्याएको बताइएको छ। रिपोर्टका अनुसाप उत्तरी २४ परगना जिल्लामा मात्र करिब ५२०० घर क्षतिग्रस्त भएका छन्।

जानकारीका अनुसार साना-ठूला रूख, बिजुली खम्बा, ल्यापपोस्ट, टेलिफोन टावर, ट्राफिक सिग्नल आदि यत्रतत्र लड़केका छन्।

मुख्यमन्त्रीले बताएअनुसार अम्फानले दक्षिण बङ्गालमा व्यापक क्षति पुऱ्याएको छ।

हिजो रातिसम्म मुख्यमन्त्री राज्य सचिवालयमा अम्फानलाई लिएर बनाइएको कन्ट्रोल रूममै बसेर निगरानी गरिरहेकी थिइन्।

अम्फानले सचिवालयका धेरै गेट र खिड़्कीका शिशा फुटेको छ।

उनका अनुसार राति ९ बजेसम्म कोलकाता हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना जिल्लामा गरी १२ जनाको मृत्यु भएको थियो। उनीहरूमध्ये धेरै अम्फानका कारण लड़ेको रूखको चपेटमा आएका थिए।

यसैगरी दक्षिण बङ्गालका केही ठाउँमा नदीका पुल, सड़क र सञ्चार व्यवस्था ध्वस्त भएको छ।

करिब तीन घण्टा परेको पानीले कोलकाताका धेरै ठाउँ जलमग्न भएको थियो।

यस महातूफानलाई लिएर कङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी र महासचिव प्रियङ्का गान्धी वाड्राले ममतासँग टेलिफोनिक कुराकानी गरी बङ्गालको अवस्थाबारे जानकारी लिए।

मुख्यमन्त्री ममताले बताएअनुसार बङ्गालमा अम्फानका कारण एक लाख करोड़भन्दा अधिकको क्षति भएको छ।

महातूफानका कारण सम्पर्क विच्छिन्न भएका स्थानहरूमा पिउने पानी र अन्य आवश्यक सामग्री पुऱ्याउनु सरकारको पहिलो प्राथमिकता रहेको ममताले बताएकी छन्।

उनका अनुसार तूफान आउनअघि नै सरकारले पाँच लाखभन्दा अधिक मानिसलाई सुरक्षित स्थानमा पुऱ्याएको थियो। जसका कारण धेरै हदसम्म जनजीवनको नोक्सानलाई नियन्त्रित गर्न सकिएको ममताको भनाइ छ।

अर्कोतिर एनडीआरएफका जवानहरू स्थितिलाई सामान्य बनाउन जुटेका छन्। जवानहरूले सड़क किनारमा लड़ेका रूख, बिजुली खम्बा आदिलाई हटाउने कार्य गरिरहेका छन्, ताकि यातायात व्यवस्था सुचारू गर्न सकियोस्।

1 टिप्पणी

  1. सरकार हैल्प और अनुदान की योजनाको बन्द कर पर्मानेन्ट और सुरक्षित रहनेका जगह और व्यावस्था करके अपने हात में ले ले तो जमिन माफियाको बन्द करायें और सारा जनताको व्यावस्थित करें।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here