सिक्किममा थप ८ जना कोरोना सङ्क्रमित

0
1012
प्रतीकात्मक फोटो।

गान्तोक, २१ जूनः सिक्किममा थप ८ जना कोरोना सङ्क्रमित पाइएको छ। राज्यको राज्य एवं परिवार कल्याण विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा छिरिङ भोटियाका अनुसार सङ्क्रमित पाइएका ८ जनामध्ये ४ जना पूर्व सिक्किमका तथा ८ जना दक्षिण सिक्किमनिवासी हुन्।

डा. भोटियाले जानकारी गराएअनुसार पूर्व सिक्किमका चारजनामध्ये तीनजना एकै परिवारका सदस्य हुन्।

केही दिनअघि कोरोना सङ्क्रमित रहेको पुष्टि भएकी एक महिलाकै परिवारका यी तीनजना सदस्य हुन्। त्यसैगरी अर्का एकजना नामनामनिवासी युवती हुन्।

उनीहरू सबै पीएनजी स्कूलमा रहेको फेसिलिटी क्वारेन्टाइनमा थिए।

अर्कोतिर, आज कोरोना सङ्क्रमित पाइएका दक्षिण सिक्किमका चारजनामध्ये तीनजना किशनगञ्ज बिहार तथा एकजनाको सिलगढ़ीको चम्पासरीबाट आएको पनि स्वास्थ्य एवं परिवार कल्याण विभागका महानिर्देश एवं सचिव डा. पेम्पा छिरिङ भोटियाले बताएका छन्।

उनका अनुसार तीनजना १३ तथा अर्का एकजना १२ जूनका दिन राज्य फर्केका थिए। उनीहरू चारैजना नाम्चीनिवासी हुन्।

डा. भोटियाका अनुसार चारजना कोरोना सङ्क्रमित पाइएका पूर्व जिल्लाका चारजनालाई एसटीएनएम अस्पतालमा तथा दक्षिण जिल्लाका चारजनालाई साम्ड्रुप्चेमा खोलिएको आइसोलेशनमा राखिएको छ।

उनका अनुसार राज्यमा अहिलेसम्म कुल सङ्क्रमित सङ्ख्या ७८ पुगेको छ, जसमध्ये २५ जना स्वस्थ बनेर आ-आफ्नो घर फर्किसकेका छन्। यसैले राज्यमा अहिले कुल एक्टिभ केस ५३ रहेको छ।

यसैबीच उनले राज्यवासीलाई आतङ्कित नभइदिने अपील गर्दै अहिले एसिम्प्टोमेटिक कोरोना सङ्क्रमित मानिसहरूलाई आ-आफ्नो जिल्लामै राखेर उपचार शुरू गरिएको बताए। यसका साथै उनले फेक न्युजमा ध्यान नदिने पनि राज्यवासीलाई सुझाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here