जीटीए मुद्दाः २३ जूनमा उच्च न्यायालयले फैसला सुनाउने!

0
827

दार्जिलिङ, २१ जूनः गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन अर्थात जीटीए चुनाउमाथि अब आउँदो २३ जूनका दिन कोलकाता उच्च न्यायालयले आफ्नो फैसला सुनाउने भएको छ ।

आज जीटीए चुनाउमाथि सुनवाइ थियो। जीटीए चुनाउमाथि उच्च न्यायालयले के कस्तो फैसला सुनाउनेछ भनेर पहाड प्रतीक्षारत थियो। तर आज ठोस कुनै फैसला उच्च न्यायालयले सुनाएन। सूत्रले जानकारी गराए अनुसार उच्च न्यायालयले पर्सि अर्थात २३ जूनका दिन आफ्नो अन्तिम फैसला सुनाउनेछ।

आजको सुनवाइमा उच्च न्यायालयले राज्य र केन्द्र सरकारलाई जीटीए चुनाउ सम्बन्धमा भोलिसम्म एफिडेभिट बुझाउन भनेको छ।

गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन थापेपछि लगत्तै यसको संवैधानिकता चुनौती दिँदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङले न्यायालयमा मुद्दा हालेका थिए, जुन मुद्दा अझै विचाराधीन छ भने राज्य सरकारले जीटीए चुनाउको घोषणासँगै तयारी धमाधम शुरू गरेपछि गोरामुमोका वर्तमान अध्यक्ष मन घिसिङले जीटीए चुनाउ र जीटीएको वैधानिकतामाथि चुनौती दिँदै केही दिनअघि पुनः अर्को मुद्दा हालेका थिए, ती मुद्दामाथि नै आज पुनः उच्च न्यायालयले सुनवाइ गरेको हो।

  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here