परिचय बद्लेर मिरिकनिवासी भएका चीनका नागरिक पक्राउ

0
2096
पक्रा परेका चिनियाँ नागरिकबाट बरामद भएका नगद राशि र दस्तावेज।

सिलगढ़ी, 21 जुलाई : आइतवार भारत-नेपाल सीमा पानीट्याङ्कीमा दैनिक जाँचअवधि चीनका एक नागरिकलाई पक्राउ गरिएको छ। जानकारीका अनुसार सशस्त्र सीमा बल (एसएसबी)-को 41 बटालियनका जवानहरूले जाँचअवधि चीनका नागरिकलाई पक्राउ गरेको हो। पक्रा परेका चीनी नागरिकको नाम वाङ्डु (34) हो। उनी चीनको सिचुआननिवासी रहेको बताइएको छ।

पक्रा परेका वाङ्डु।

एसएसबी अधिकारीहरूका अनुसार आज पक्रा परेका ती चीनी नागरिकबाट चीनी यात्रा दस्तावेज, अधार कार्ड, मतदाता कार्ड र भारतीय तथा विदेशी मुद्राहरू बरामद भएका छन्। भारतीय सचित्र मतदाता परिचय-पत्र र आधार कार्डमा उनको नाम फुञ्चोक लामा लेखिएको छ। यी दुई दस्तावेजमा उनलाई मिरिक कृष्णनगर निवासी बताइएको छ।

एसएसबीले चीनका यी व्यक्तिबाट 11,000 अमेरिकी डलर, 1554 चीनी युआन, 44,570 भारतीय रुपियाँ र हङकङ र ताइवानको मुद्रा पनि बरामद गरिएको छ। अधिकारीहरूका अनुसार केरकारअवधि उनले चिनियाँ भाषा नजान्ने बताएका थिए। तर, जब उनको मोबाइलमा वाट्सएप च्याट हेर्दा त्यहाँ चिनियाँ भाषामा कुराकानी गरेको पाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here