सिक्किमे खेलाड़ीले ओलम्पिकमा स्वर्ण पदक जिते राज्य सरकारले 2.5 करोड़ दिने

0
964

गान्तोक, 21 जुलाईः सिक्किम सरकारले ओलम्पिक खेलका लागि राज्यका युवालाई प्रोत्साहन गर्ने अभियानका क्रममा ओलम्पिकमा पदक विजेता खेलाड़ीहरूका लागि तय गरिएको प्रोत्साहन राशिलाई वृद्धि गरेको छ।

राज्यका खेल तथा युवा मामिला विभागका मन्त्री कुङ्गा निमा लेप्चाले आज आयोजित पत्रकार सम्मेलनका अवसरमा पदक विजेता खेलाडीका लागि निर्धारित प्रोत्साह राशि वृद्धि गरिएको जानकारी दिए।

हिजो मुख्मन्त्री पीएस गोलेसित भएको बैठकअवधि प्रोत्साहन राशि बढ़ाउने निर्णय भएको मन्त्रीले बताए।

मन्त्री लेप्चाले जानकारी गराएअनुसार ओलम्पिकको सिक्किमेली खेलाड़ीले स्वर्ण पदक जितेका खण्डमा सरकारले 2.5 करोड रुपियाँ प्रोत्साहन राशि प्रदान गर्नेछ।

यो रकम पहिला 2 करोड़ रुपियाँ रहेको थियो।

यसरी नै रजत पदका लागि दिइने प्रोत्साहन राशिलाई 1 करोड़ रुपियाँबाट बढ़ाएर 1.5 करोड़ बनाएको छ भने कांस्य पदकका लागि अघिबाटै घोषणा गरिएको 50 लाख रुपियाँलाई बढ़ाएर 1 करोड़ बनाएको छ।

यसरी सिक्किम सरकारले टीम इभेन्टमा स्वर्ण पदक जित्ने राज्यका प्रत्येक खेलाड़ीलाई 25 लाख रुपियाँ दिनेछ।

टीम इभेन्टमा रजत पदक जित्नेलाई 15 लाख रुपियाँ र कांस्य पदक जित्नेलाई 5 लाख रुपियाँ दिने बताए।

यो प्रोत्साहन राशिले राज्यका खेलाड़ीलाई खेल क्षेत्रलाई करिअरका रूपमा लिन प्रोत्साहन गर्ने बताए।

यस अवसरमा उनले भारतलाई प्रतिनिधित्व गरेर ओलम्पिकमा खेल्ने 120 खोलाड़ीलाई शुभकामना दिए।

मन्त्री लेप्चाले यस पल्ट खेलाड़ीमाथि धेरै आशा रहेको बताउँदै सिक्किमका तरुणदीप राईले पदक जित्नेछन् भन्ने विश्वास व्यक्त गरे। उनले सबै खेलाड़ीका स्वास्थ्यको कामना पनि गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here