मोर्चा दुई छोड़्दै मोर्चा एकमा जुट्दै

0
983

दार्जीलिङ, २१ जुलाईः पछिल्ला केही दिनयता गोजमुमो दोस्रो खेमा त्यागेर गोजमुमो पहिलो खेमामा सामेल हुने क्रमले तीव्रता पाएको छ।

यसै क्रममा आज दार्जीलिङ टाउन हकर्स युनियनका तीसजना नारी व्यवसायीले मोर्चा एकलाई समर्थन जनाएका छन्।

२०१७-को आन्दोलनपछि उनीहरूले मोर्चा दुईलाई समर्थन जनाएका थिए। तर आज यी नारी व्यवसायीहरू पुनः मोर्चा एकमै फर्केका छन्।

उनीहरूलाई पार्टी अध्यक्ष विमल गुरुङले पार्टीमा स्वागत जनाए।

अर्कोतिर, आजै ४२ नम्बर समष्टि सिञ्जी समलबुङका गोरामुमोका युवा मोर्चा उपसभापति किल्योफस तामाङसहित बुद्ध तामाङ, विनोद तामाङ, रूफस तामाङ, अभिषेक थापा, नोर्देन लेप्चा, अमित राई गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमामा सामेल भएका छन्।

सेसिल तामाङको नेतृत्वमा उनीहरू आज पातलेबास पार्टी कार्यालय आएर मोर्चा एकमा सामेल भएका हुन्। उनीहरूले विमल गुरुङको हातबाट झण्डा थापेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here