द्रौपदी मुर्मुले जितिइन् राष्ट्रपति चुनाउ, फराकिलो मतान्तरले यशवन्त सिन्हा पराजित

0
958

नयाँ दिल्ली, २१ जुलाई :  द्रौपदी मुर्मु देशकी १५औँ राष्ट्रपति निर्वाचित भएकी छन्। उनी देशकी दोस्रो महिला राष्ट्रपति हुनेछिन्। यसभन्दा अघि प्रतिभा पाटिल देशकी पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।

यति मात्र होइन, देशका राष्ट्रपति बन्ने द्रौपदी मुर्मु पहिलो आदिवासी महिला पनि हुन्।

राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात एनडीएकी उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई फराकिलो मत अन्तरले पराजित गरेकी हुन्। उनले तेस्रो चरणको मतगणनामा नै आवश्यक ५० प्रतिशतभन्दा बढी मतदान प्राप्त गरेकी हुन्।

तेस्रो चरणको मतगणनामा नै आवश्यक ५० प्रतिशतभन्दा भोट प्राप्त भएका कारण अब चौथो चरणको मतगणना केवल औपचारिकता मात्र रहेको छ।

कुल तीन चरणको मतगणनामा कुल भोट ३ हजार २ सय १९ थियो, जसको मूल्य ८ लाख ३८ हजार ८ सय ३९ थियो। यसमध्ये द्रौपदी मुर्मुले २ हजार १ सय ६१ मत प्राप्त गरिन् भने यशवन्त सिंहले केवल १ हजार ५८ भोट प्राप्त गरे।

यसैबिच, विपक्षी उम्मेदवार यशवन्त सिन्हाले पनि विजयी द्रौपदी मुर्मुलाई बधाई दिएका छन्।

अर्कोतर्फ दार्जिलिङका सांसद राजु विष्टले पनि दार्जिलिङ पहाड, तराई एवं डुवर्सका जनताका तर्फबाट द्रौपदी मुर्मुलाई बधाई दिएका छन्।

२० जून १९५८ मा ओडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा एक सन्थाल परिवारमा द्रौपदी मुर्मुको जन्म भएको थियो। राष्ट्रपति पदका उम्मेदवार बन्न अघि उनी झारखण्डकी राज्यपाल थिइन्।     

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here