कालेबुङनिवासी कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु

0
1087
सिलगढ़ी, 21 अगस्तः कालेबुङनिवासी थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति कालेबुङ 6 माइलनिवासी हुन्।
मृतक व्यक्तिको उमेर 52 वर्ष रहेको बताइएको छ।
उनी मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा उपचाररत् थिए।
स्वास्थ्य अवस्था गम्भीर रहेका कारण उनी आईसीयूमा उपचाराधीन  थिए। डा. च्याङ अस्पताल सूत्रका अनुसार आज राति 8 बजे उनको मृत्यु भएको हो।
उल्लेखनीय छ, यी व्यक्ति पछिल्लो 16 अगस्तका दिन कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो। त्यसपछि उनलाई त्रिवेणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ उनको अवस्था गम्भीर बनेपछि हिजो बिहान डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा रेफर गरिएको थियो, तर उपचाराधीन अवस्थामा आज राति उनको मृत्यु भएको छ।

जानकारीका अनुसार कोरोनाका कारण मृत्यु भएका यी व्यक्ति अन्य बिमारहरूले पनि ग्रसित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here