गैरकानुनी एफआरसीको विरोधमा हिफभिअ, चन्द्रबहादुर प्रधानले भने – बलजफ्ती एफआरसी गठन गर्नु सरासर गलत

0
1016
हिफभअ कालेबुङ जिल्ला समितिका अध्यक्ष चन्द्रबहादुर प्रधान।

कालेबुङ, 21 सेप्टेम्बर :  अहिलेघरी गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटरले गठन गरिरहेको फरेस्ट राइट कमिटी (एफआरसी)-लाई हिमालयन भिलेजर्स अर्गनाइजेशनले विरोध जनाएको छ। शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी हिमालयन भिलेजर्स अर्गनाइजेशनको कालेबुङ जिल्ला समितिका अध्यक्ष चन्द्रबहादुर प्रधानले बलजफ्ती एफआरसी बनाउनु सोझै गलत रहेको बताएका छन्। उनले यस्तो बयान सामसिङ चिलाउने फरेस्ट कम्पाउन्डमा एफआरसी गठन गरिएको सन्दर्भमा दिएका हुन्। उनले जबर्जस्ती कमिटी गठन गर्नमा खटिएका अर्गनाइजेशनका पूर्व सदस्य किशोर थापाको पनि खोइरो खनेका छन् भने बलजफ्ती गठन गरिएको कमिटीमा कोरम नै नपुगेको पनि दाबी गरेका छन्।
जुन बलजफ्ती एफआरसी बनाइँदैछ, त्यो सरासर गलत हो। अहिले कुन निर्वाचित सदस्यले सभा राखेर कमिटी बद्ली गर्दैछन्? सभामा मान्छेको उपस्थिति नहुदाँ घर-घर गएर बोलाउँदै ल्याएर ३७ जना मान्छे भेला गरी कमिटी बनाँउदा कसरी कोरम पुग्यो? जबकि 1२८ घरको कागज कसरी छानबिन गऱ्यो? जीटीएको बीओएले ग्रामसभालाई ग्राम संसद बनायौ भनेर झूट बोलेकै पार्टीका प्रतिनिधिलाई लिएर बनाइएको होइन?, प्रधानले विज्ञप्तिमा यस्ता प्रश्नहरू गरेका छन्। साथै उनले जीटीएको बीओएले मनोनित गरेको महकुमा समितिलाई झूटो समितिको संज्ञा दिँदै यसको  खरसाङ महकुमा समितिको रूपमा सदस्य मनोनित गरिएका किशोर थापा एकैचोटि कालेबुङको सर्वेक्षण कमिटीका सदस्य कसरी बन्यो भन्ने प्रश्न पनि विज्ञप्तिमा गरेका छन्।
उनका अनुसार शुरुमा टाइटल डिड कानूनको सोझो उल्लङ्घन हो भन्दै विरोध गर्ने थापाले अहिले कमिटीमा पसेपछि लोभमा परेर अहिले टाइटल डिड ठीक हो भनिरहेका छन्।  यदि टाइटल डिड ठीक हो भने पहिला किशोर थापाले पनि थापेर देखाउनुपर्ने उनको चुनौती छ। पदमा पुगेपछि कसरी रातोरात टाइटल डिड ठीक भयो?, उनले विज्ञप्तिमा थप लेखेका छन्, टाइटल डिड ठीक हो भने किशोर थापाले पहिला थापेर देखाऊन्। नत्र वनवासी सोझा जनतालाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्न बन्द गर्नुपर्छ।
आफ्नो गाउँमा सभा राखेर गाउँलेहरूलाई बुझाउन नसकेपछि थापाले अरूको गाउँका गएर झूट बोलेर एफआरसी गठन गर्ने कोशिश गरिरहेको हिमालयन भिलेजर्स अर्गनाइजेशनको कालेबुङ जिल्ला समितिका अध्यक्ष चन्द्रबहादुर प्रधानको आरोप छ। टाइटल नथापे अधिकारबाट वञ्चित हुन्छ भन्दै सोझो गाउँलेहरूलाई भ्रममा पार्ने किशोर थापा कुन स्वार्थमा लिप्त छन्, त्यो जवाफ दिनुपर्ने पनि उनले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here