अपहृत पुलिसकर्मीको आतङ्कीद्वारा हत्या, हिज्बुलले लियो जिम्मेवारी

0
1137
आतङ्कीहरूद्वारा हत्या गरिएका पुलिसकर्मीको शव बरामद गर्दै। 

श्रीनगर, २१ सेप्टेम्बर: आतङ्कीहरूले जम्मू-कश्मीरको  शोपियाँ जिल्लाबाट अपहरण गरेका तीन पुलिसकर्मीको शुक्रवार बिहान जघन्य हत्या गरेका छन्। शीर्ष अधिकारले यो जानकारी दिएका हुन्।
यी पुलिसकर्मीहरूलाई तीन साता अघि आतङ्कीहरूले अपहरण गरेका थिए। यसभन्दा अघि आतङ्कीहरूले 30 अगस्तमा दक्षिण कश्मीरका विभिन्न स्थानबाट पुलिसकर्मीका परिजनहरूलाई अपहरण गरेका थिए, जसलाई पछि छोड़िएको थियो। त्यसबेला कम्तीमा आठजनालाई आतङ्कीहरूले अपहरण गरेका थिए। 

हिज्बुल मुजाहिद्दीनका कमान्डर रियाज नाइकुले 12 मिनटको भिडियोमा कथित रूपले यो अपहरणको जिम्मेवारी लिएका छन्। ती आतङ्की नाइकेले पुलिस हिरासतमा रहेका आतङ्कीहरूका परिजनलाई रिहाइ गर्नका लागि तीन दिनको समय दिएका छन्। विश्वमा प्रतिबन्धित आतङ्कवादी र हिज्बुल मुजाहिद्दीनका नेता सैयद सलाहुद्दीनका छोरालाई एनआईएले पक्राउ गरेपछि 30 अगस्तमा आतङ्कीहरूले उनीहरूलाई अपहरण गरेका थिए। 

हिज्बुलका आतङ्कीले रियाज नाइकुले पुलिसकर्मीहरूलाई धम्की दिएको समयमै यो घटना भएको छ। यो घटनालाई लिएर एक भिडियो क्लीप प्रकाशमा आएको छ, जसमा उनले सबै पुलिसकर्मीलाई चारदिनमा नोकरी छोड्ने तथा कश्मीरी युवकहरूलाई पुलिस जोइन नगर्ने चेताउनी दिएका छन्।

यो घटनापछि कश्मीरमा आतङ्कको माहौल छाएको छ। त्यसै पनि केही वर्षयता उपत्यकामा आतङ्की घटनामा व्यापक वृद्धि भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here