नयाँ दिल्ली, २१ सेप्टेम्बरः चर्चित हास्यकलाकार राजु श्रीवास्तव अब हामीमाझ सशरीर रहेनन् ।
आज बिहान उनको मृत्यु भयो ।
उनी ५८ वर्ष पुगेका थिए ।
यी चर्चित हास्यकलाकार हृदयघातका कारण पछिल्लो १० अगस्तका दिन दिल्लीको एम्समा भर्ती भएका थिए । जिममा व्यायाम गरिरहेको बेला उनलाई हृदयघात भएको थियो ।
करिब ४२ दिनसम्म जीवनका लागि मृत्युसँग लडेका उनी तर आज बिहान हारे ।
सधैँ मानिसहरूलाई हसाउने राजु आज सबैलाई रुवाएर एकलै महाप्रस्थान गरे ।
२५ दिसम्बर १९६३ मा कानपुरमा जन्मेका राजु श्रीवास्तवमा ठूलो सङ्घर्ष गरी ८० को दशकमा अभिनयको संसारमा पाइला टेकेका थिए ।
मिमिक्रीले अत्यन्त चर्चा कमाएका राजु श्रीवास्तवको निधनमा प्रधानमन्त्रीलगायत अन्य धेरैले शोक व्यक्त गरेका छन् ।