सयौं लेप्चाद्वारा मुख्यमन्त्रीको स्वागत, चढ़ाए ज्ञापन

0
1334
बाघडुग्रा हवाईअड्डा आइपुगेकी ममता ब्यानर्जी।

सिलगढ़ी, 21 अक्टोबर : उत्तर बङ्गालमा सोमवार अपराह्न बाघडुग्रा हवाईअड्डा आइपुगेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्नका लागि दार्जीलिङ र कालेबुङका जिल्लाबाट सयौंको सङ्ख्यामा लेप्चाहरू उपस्थित भएका थिए।

मुख्यमन्त्रीको स्वागत गर्न दार्जीलिङ र कालेबुङ जिल्लाबाट यति बाक्लो सङ्ख्यामा लेप्चाहरू बाघडुग्रा आएको यो पहिलोपटक हो। उनीहरू पारम्परिक वेशभूषा लगाएर इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशन (इल्टा)-को ब्यानरमा आज मुख्यमन्त्रीलाई स्वागत जनाउन बाघडुग्रा हवाईअड्डामा भेला भएका थिए।

उनीहरू मुख्यमन्त्रीको स्वागतार्थ भुट्टाबारीनजिककै राष्ट्रिय राजमार्गमा पङ्क्तिबद्ध भएर उभिएका थिए। मुख्यमन्त्री  सिलगढ़ी प्रस्थान गरिरहेको समयले उनीहरूले एक ज्ञापन पनि चढ़ाएका छन्।

यसैबीच, इल्टाका महासचिव रुमदाङ सिमिक लेप्चाले भने, “हामीले आज मुख्यमन्त्रीलाई एक ज्ञापन चढ़ाएका छौं। ज्ञापनका विषयहरूलाई सकारात्मक ढङ्गमा विचार गर्ने मुख्यमन्त्रीले आश्वासन दिएकी छन्।”

ज्ञापनमा विशेष मागहरू नरहे तापनि  लेप्चा समुदाय र उनीहरूका पुर्खाले स्थापना गरेका संस्था तथा संस्कृति र परम्पराहरूको संरक्षण-संवर्धनको माग गरिएको उनको भनाइ छ।

लेप्चाका अनुसार इल्टा पश्चिम बङ्गालमा बसोबास गर्ने 1.5 लाख लेप्चाको छाता सङ्गठन हो। 1.5 लाख लेप्चा जनसङ्ख्यामध्ये 90 प्रतिशतभन्दा अधिक लेप्चा कालेबुङ र दार्जीलिङ जिल्लामा बसोबास गर्छन्। साथै लेप्चा समुदायले पहाड़को राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।

पछिल्लो लोकसभा चुनाउमा पनि कालेबुङका लेप्चाबाहुल क्षेत्रबाट तृणमूल कङ्ग्रेस उम्मेदवार अमरसिंह राईले धेरै भोट पाएका थिए।

उल्लेखनीय छ, लेप्चा जातिको विकासका लागि 2013-मा ममता ब्यानर्जीले मायेलल्याङ लेप्चा डेवलपमेन्ट बोर्ड गठन गरेकी थिइन्। त्यसैबेलादेखि पहाड़का लेप्चा समुदाय तृणमूल सरकारको नजिकको भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here