भाजपासँगको गठबन्धन तोड़्दै विमलले भने- तृणमूलसँग मिलेर हामी भाजपालाई जवाफ दिनेछौँ

0
1466
(फोटो साभारः एएनआई ट्विटर)

कोलकाता, 20  अक्टोबरः विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाले भारतीय जनता पार्टीसँग 12 वर्ष पुरानो सम्बन्धलाई तोड़्दै तृणमूल कङ्ग्रेससँग मिलेको छ।

आज कोलकाताको एक होटलमा पत्रकारहरूलाई सम्बोधन गर्दै विमल गुरुङले भाजपासँग गठबन्धनबाट आफ्नो पार्टी बाहिरिएको घोषणा गरे।

यसका साथै उनले आउँदो वर्ष हुने बङ्गाल विधानसभाको चुनाउम तृणमूल कङ्ग्रेसलाई पहाड़, तराई अनि डुवर्समा जोड़तोड़ले सहयोग गरी विजय बनाउने पनि बताए।

यसअवसरमा उनले भाजपाप्रति आक्रोश पोख्दै वचन पूरा नगरेको बताए।

भाजपाले गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता र स्थायी राजनीतिक समाधानको वाचा पूरा नगरेकै कारण भाजपासँगको गठबन्धनबाट हटेको बताए।

“केन्द्रका ज जसले पनि हामीलाई वाचा गरे, उनीहरूले केही पूरा गरेनन्। तर, मुख्यमन्त्री ममता ब्यानर्जीले जुन जुन पार्टीलाई जे जे वाचा गरिन्, ती सबै पूरा गरेकी छन्”, गुरुङले थपे, “यसैले म गर्वसाथ भन्न चाहन्छु, आजदेखि म एनडीएको घटक दलबाट अलग हुन चाहन्छु। र आउँदो वर्ष हुने बङ्गाल विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेससँग गठबन्धन गरी भाजपालाई जवाफ दिन चाहन्छौँ। उत्तर बङ्गालमा जति पनि सिट छन्, ती सिटहरूमा हामी सक्दो परिश्रम गरी तृणमूल कङ्ग्रेसलाई जिताएर पुनः ममता ब्यानर्जी मुख्यमन्त्री बनाउने छौँ।”

गुरुङले थपे, “मैले तीन वर्ष पहाड़बाट बाहिर बसेर देखेँ। उनी (ममता) आइडलजस्तै छिन्। जे भन्छन्, त्यो गरेर देखाउँछन्।’’

यसैगरी उनले स्थायी राजनीतिक समाधान र 11 जातगोष्ठीको जनजातिको मुद्दाका लागि सहयोग गर्न मुख्यमन्त्री ममता ब्यानर्जीलाई अनुरोध पनि गरे।

अर्कोतिर, उनले स्थायी राजनीतिक समाधान भनेको गोर्खाल्याण्ड नै रहेको पनि बताए।

यसैबीच विमलले ृआज राज्य सरकारसँग आज कुनै वार्ता नभएको पनि खुलाए।

तृणमूल कङ्ग्रेससँग गठबन्धनबारे बोल्दै उनले खुलाए, “राजनीतिमा कोही स्थायी शत्रु पनि हुँदैन, कोही मित्र पनि। भाजपासँग हाम्रो गठबन्धन थियो, तर हाम्रो मुद्दाबारे काम गरेन। 2024 मा जुन पार्टीले हाम्रो मुद्दामा काम गर्नेछ, त्यसै पार्टीलाई हामी समर्थन दिनेछौँ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here