दोहा, २० नोभेम्बरः विश्वकप २०२२ को उद्घाटनी खेलमै आयोजक कतार पराजित भएको छ ।
आइतबार राति खेलिएको समूह ‘ए’-को पहिलो खेलमा कतार दक्षिण अमेरिकी देश इक्वेडरसँग ०-२ गोलअन्तरले पराजित भएको हो ।
इक्वेडरको जीतमा कप्तान इनर भेलेन्सिया हिरो बने, जसले आफ्नो टिमका लागि दुवै गोल गरे । उनले खेलको १६ औँ मिनटमा पेनल्टी र ३१औँ मिनटमा हेडरमार्फत सुन्दर गोल गरे ।
यसभन्दा अघि खेलको तेस्रो मिनटमै भेलेन्सियाले गोल गरेका थिए, तर उक्त गोल भिडियो असिस्टेन्ट ऱेफ्री (भीएआर)-ले खारेज गरिदिएको थियो ।
अर्कोतर्फ विश्वकप फुटबलको ९२ वर्षको इतिहासमा उद्घाटनी खेलमा पराजित हुने कतार पहिलो आयोजक राष्ट्र बनेको छ ।
कतार र इक्वेडर यसभन्दा अघि अन्तिमपटक २०१८ मा भिडेका थिए, जुन खेलंमा कतार ४-३ को गलोअन्तरले विजयी बनेको थियो।
आइतबार राति पनि कतारीहरूले यस्तै परिणामको आशा गरेका थिए, तर भेलेन्सियाको जादूले उनीहरूको आशालाई निराशामा परिणत गरिदियो ।
यो जीतसँगै इक्वेडरले तीन अङ्क बटुलेको छ । यो समूहमा निदरल्यान्ड्स र सेनेगल पनि छन् ।