एउटै प्रमुख घोषणा नगरेको आरोप, विष्टले भने- ममताले केवल भोटको राजनीति गरिरहेकी छन्

0
1596
राजु विष्ट।

दार्जीलिङ, 22 जनवरीः दार्जीलिङका सांसद राजु विष्टले राज्यकी मुख्यमन्त्री एवं तृणमूल सुप्रिमो ममता ब्यानर्जीमाथि कटाक्ष गर्दै केवल भोटको राजनीति गरिरहेको आरोप लगाएका छन्।

विष्टको आरोपका अनुसार बुधवार दार्जीलिङमा  एनआरसी, सीएए र एनपीआरविरुद्ध र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ममताले जनताअघि बोलेका सबै कुरा झूटा र राजनीतिप्रेरित थिए।

यसका साथै दार्जीलिङ पहाड़, डुवर्सका लागि एउटै पनि घोषणा नगरेको सम्बन्धमा पनि भाजपा सांसदले मुख्यमन्त्रीको आलोचना गरेका छन्।

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको भाषण मैले सुनें। मलाई लागेको थियो, उनले केही प्रमुख घोषणा गर्नेछन्। तर, उनले सीधा-सोझा जनतालाई झूटा मात्र बोलिन्”, विष्टले भने। चियाबारी, सिन्कोना बगान र वनबस्तीका मानिसहरूलाई भूमि अधिकार (पर्जापट्टा) दिने, दार्जीलिङ पहाड़मा भइरहेको पुलिसी अत्याचार, गैरकानुनी पक्राउ र आ-आफ्नो घर छोड़ेर बाहिर बस्न बाध्य 500 युवालाई घर फर्काउन सहयोग गर्ने, 2017 को आन्दोलनमा मारिएका गोर्खाहरूका परिवारप्रति माफी माग्ने,सैनिक स्कूलका लागि जग्गा दिने आदिबारे घोषणा गर्ने आशा आफूले गरेको भए तापनि ममताले यी मुद्दाहरूमाथि एकै शब्द पनि नबोलेको बताएका छन्।

यसका साथै मतिगढ़ादेखि दार्जीलिङ मोड़सम्म फोर लेनको सड़कको निर्माणमा सहयोग गर्ने र उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा सुधारका लागि केन्द्र सरकारद्वारा आवण्टित 150 करोड़को प्रयोग कसरी भइरहेको छ, त्यसबारे पनि नबोलेको भन्दै विष्टले ममताको आलोचना गरेका छन्।

वास्तवमा ममता ब्यानर्जीले उत्तर बङ्गालको सामाजिक-आर्थिक मुद्दाहरूबारे बोलेको सुनेको छुइनँ। उनले सबै कुरा भोटको राजनीति हेरेर बोल्छिन्।

यसैबीचदार्जीलिङ तराई, डुवर्सका जनताका राज्य सरकारले पछिल्लो 72 वर्षदेखि जमिनको अधिकार दिनबाट वञ्चित राखेको बताउँदै क्षेत्रका जनताका समस्याहरूको जड़ नै यही रहेको राजु विष्टले बताएका छन्।

यी भाजपा सांसदका दाबीका अनुसार दार्जीलिङमा सैनिक स्कूल निर्माणका लागि पनि ममता ब्यानर्जीले पछिल्लो 5 वर्षदेखि जग्गा दिनका कुनै चासो देखाएकी छैनन्।

उनका आरोपका अनुसार ममताले यी मुद्दाहरूमा एकै शब्द नबोलेर आज राजनीतिक फाइदाका लागि केवल झूटा कुराहरू मात्र बोलिन्। यसैबीच विष्टले एनआरसी र सीएए र एनपीआर देशकै हितमा रहेको औ यसले देशवासीलाई लाभ पुग्ने दाबी गरेका छन्।

यी भाजपा सांसदले एनआरपी भारतीय नागरिकहरूका लागि डेटाबेस रहेको र 2010 देखि शुरु गरिएको एनपीआरले  आयुष्मान भारत र जनधनजस्ता योजनाहरूको तयारी र कार्यान्वयनमा सहयोग पुर्‍याउने र यसको फाइदा जनतालाई पुग्ने दाबी गरेका छन्।

यसका साथै एनआरसी पनि देशका नागरिकहरूको डेटाबेस रहेकोले र राष्ट्रियस्तरमा यसको प्रक्रिया शुरु गर्ने कुनै घोषणा नगरिएको बताएका छन्।

ममता ब्यानर्जी भोटको राजनीतिले चिन्तित भएकी छन्। 2019 को लोकसभा चुनाउमा उत्तर बङ्गालका जनताले तृणमूल कङ्ग्रेस हटाएका थिए। आउँदो चुनाउमा तृणमूल र ममता ब्यानर्जी पूर्ण रूपले राज्यबाट पूर्ण रूपले हट्नेछन्”, विष्टको दाबी छ।

अर्कोतिर, उनले ममता ब्यानर्जीले 1950 लाई कटअप इयर तोकेर रूपमा दार्जीलिङ पहाड़ तराई र डुवर्समा अघोषित रूपमा एनआरसी लागू गरिसकेको आरोप लगाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here