कोलकाता, 22 जनवरी: आउँदो बङ्गाल विधानसभाको चुनाउअघि राज्यका वनमन्त्री राजीव ब्यानर्जीले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्।
केही महिनायता असन्तुष्ट देखिएका ब्यानर्जीले आज क्याबिनेट मन्त्रीको पदबाट राजीनामा दिएका हुन्।
ब्यानर्जी भाजपामा सामेल हुने सम्भावना छ।
उल्लेखनीय छ, अहिलेघरी तृणमूल कङ्ग्रेस त्यागेर भाजपामा सामेल हुनेहरूको ताँती नै लागेको छ।
ब्यानर्जीले आफ्नो राजीनामा पत्र राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाएका छन्।
-एबीपी न्युज