भारत-नेपाल सीमामा कठोर जाँच, उच्च तापमान भएका 200 नेपाल नागरिक पठाइयो फिर्ता

0
1858

सिलगढ़ी, 22 मार्चः शनिवार भारत-नेपाल सीमा पानीट्याङ्कीबाट 200 नेपाल नागरिकलाई स्वदेश फर्काइएका छन्।

कोरोना भाइरसको जाँच गर्न बसेका स्वास्थ्यकर्मीहरूले उनीहरूको शरीरमा उच्च तापमान (हाई टेम्पेचर) पाएपछि नेपालतिरै फर्काएका हुन्। अहिलेघरी भारत-नेपाल सीमामा दुवैतर्फ कठोर जाँच गरिँदैछ।

जाँचअवधि उच्च तापमान पाएका 9 भारतीय नागरिकलाई जाँचकर्मीहरूले स्वास्थ्य जाँचका लागि बतासे स्वास्थ्य केन्द्र पठाएका छन्। यसैगरी हिजो अर्थात् शनिवार अपराह्नदेखि भारतीय वाहनहरूलाई नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

सशस्त्र  सीमा बल (एसएसबी)-का जवानहरूले आजदेखि ट्याक्सी, टोटो, साइकल र रिक्सालगायत अन्य यात्रुवाहक वाहनहरूको प्रवेशमा प्रतिबन्ध लगाएका छन्।

आपत्कालीन कार्यका लागि मानिसहरू आफ्ना निजी वाहनमा लिएर नेपाल जान अनुमति दिइएको छ।

अर्कोतिर, नेपालतर्फबाट भारत प्रवेश गरिरहेका भारतीय वाहनहरू अघिल्लो सूचना नभएसम्मका पुनः नेपाल छिर्न नपाउने नेपालका सुरक्षाकर्मीहरूले आदेश सुनाएको बताइएको छ।

स्क्रिनिङ प्रक्रियापछि मात्र मानिसहरू पैदल नै पानीट्याङ्की (भारत) र काँकरभिट्टा (नेपाल) ओहोर-दोहोर गरिरहेका छन्।

कोरोना भाइरसको बढ़्दो खतरालाई ध्यानमा राखेर सीमामा कठोर सुरक्षा व्यवस्था अपनाइएको कारण हिजो नेपाल झापा जिल्लाका सयौं मानिस साप्ताहिक हाटका लागि नक्सलबारी आउन सकेनन्।

प्रत्येक शनिबार लाग्ने नक्सलबारी हाट झापा जिल्लाका मानिसहरूका एक प्रमुख हाट हो। तरहिजो कोरोना भाइरसकै खतरालाई ध्यानमा राखेर नेपाली नागरिकहरूलाई हाट भर्नका लागि सीमा पार गर्न प्रतिबन्ध लगाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here