नयाँ दिल्ली 22 मार्चः कोरोना भाइरसको बढ़्दो मामिलालाई ध्यानमा राखेर केन्द्र सरकारले देशका कोरोना प्रभावित 75 जिल्लालाई लकडाउन गरेको छ। यी जिल्लाहरू आउँदो 31 मार्चसम्म लकडाउन रहनेछ।
लकडाउनअवधि यी जिल्लाका मानिसहरूले केवल आवश्यक र आपत्कालीन सेवा मात्र पाउनेछन्।
रेस सेवा, मेट्रो सेवा र बस सेवा यसअवधि बन्द रहेछन्। क्याबिनेट सचिवले आइतवार यस्तो आदेश जारी गरेका हुन्। उनका अनुसार यसअवधि दिल्ली मेट्रो पूर्ण रूपले बन्द रहनेछ।
क्याबिनेट सचिवका अनुसार लकडाउन देशका ती 75 जिल्लामा गरिएको हो, जहाँ कोरोना भाइरसको मामिला प्रकाशमा आएको छ।
यसैबीच, देशमा कोरोना भाइरसको बढ़्दो खतरालाई ध्यानमा राखेर रेलवेले 31 मार्चको राति 12 बजेसम्मका लागि सबै यात्रीवाहक रेल सेवा रद्द गरेको छ। यसअवधि केवल मालगाड़ीमा मात्र चल्नेछ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि यो अभूतपूर्व कदम रेलवेले उठाएको हो। सबै यात्रीवाहक रेल सेवा रद्द गरिएको यो इतिहासमै पहिलो घटना हो।