छत्तीसगढ़मा 17 जवान शहीद, 14 घाइते

0
957
प्रतीकात्मक फोटो।

रायपुर, 22 मार्चः छत्तीसगढ़को नक्सल प्रभावित सुकमा जिल्लामा नक्सलीहरूसँगको भिड़न्तमा सुरक्षा बलका 17 जवान शहीद भएका छन्।

शहीद भएका 17 जनै जवानको शव बरामद भएको छ, जो शनिवार अबेर राति भएको भिड़न्तपछि बेपत्ता भएका थिए। छत्तीसगढ़ पुलिसले यसबारे जानकारी दिएको छ।

राज्यको नक्सल प्रभावित बस्तरस्थित चिन्तागुफामा थाना क्षेत्रमा शनिवार सुरक्षा बलका जवान र नक्सलीहरूबीच भिड़न्त भएको थियो। भिड़न्तमा धेरैजना नक्सली मारिएको खबर छ।

जानकारीका अनुसार कोराजगुड़ाको पहाड़मा भएको यस भिड़न्तमा सुरक्षा बलका 14 जवान घाइते भएका छन्। त्यहीं पुलिसले धेरै नक्सलीलाई मारेको दावी गरेको छ।

बस्तर क्षेत्रका पुलिस महानिरीक्षक सुन्दरराज पी-ले बताएअनुसार भिड़न्तपछि सुरक्षा बलका 17 जवान बेपत्ता भएका थिए, जसको खोजीमा बाक्लो सङ्ख्यामा जवानहरू आज जङ्गलमा खटिएका थिए।

पुलिस अधिकारीहरूका अनुसार खोजी दलको सहयोगका लागि थप सुरक्षा बललाई पठाइएको छ। यसै खोजी अभियानमा सबै 17 जवानको शव जङ्गलबाट बरामद गरिएको हो।

जानकारीका अनुसार जवानहरू मिनपा गाउँस्थित जङ्गलमा रहेको समय करिब 250 नक्सलीले ती सुरक्षा बलमाथि हमला गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here