रोहिणी गेटमा हाइटेक थर्मल स्क्यानर मशिन जड़ान (भिडियोसहित)

0
1274

खरसाङ, 22 अप्रेलः दार्जीलिङ पहाड़लाई कोरोना भाइरसको प्रकोप बचाउनका लागि कठोर पदक्षेप उठाइरहेको जीटीएले आज सिमलबारीस्थित रोहिणी गेटमा उच्च प्रविधियुक्त थर्मल स्क्यानर मशिन जड़ान गरिएको छ।

उक्त यसअवसरमा जीटीए बीओएका अध्यक्ष अनित थापा, मुख्य सचिव सुरेन्द्र गुप्ता र दार्जीलिङ पुलिस अधीक्षक अमरनाथ के तथा अन्य उपस्थित थिए।

दार्जीलिङ, खरसाङ र मिरिकको प्रवेशद्वार रोहिणी गेटमा आजसम्म थर्मल स्क्यानरद्वारा स्क्रिनिङ गरिँदै आएको थियो। अबउसो आज जड़ित उच्च प्रविधियुक्त यस थर्मल स्क्यानरद्वारा स्क्रिनिङ हुनेछ।

यसअवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अनित थापाले चाँड़ै कालेबुङको प्रवेशद्वार चित्रेमा पनि यस्तै स्क्यानर जड़ान गरिने बताएका छन्।

उनले यस मशिनले चौबिसै घण्टा काम गर्ने पनि बताएका छन्। उनले यस हाइटेक थर्मल स्क्यानरले  मानिसहरूलाई पनि धेरै सहज हुने बताए। यसका साथै उनले आजका दिनसम्म जनताबाट पनि सहयोग पाइरहेको बताए भने कोरोना भाइरसको खोप नबनेसम्म यस्तै प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकतामाथि जोड़ दिएका छन्।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here