दार्जीलिङ, 22 अप्रेलः दार्जीलिङमा कोरोनाका कारण 52 वर्षीय एक महिलाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य अधिकारी डा. एस चन्दाका अनुसार हिजो मध्यराति दार्जीलिङ जिल्ला अस्पतालमा उपचाररत् अवस्थामा महिलाको मृत्यु भएको हो।
मृतक महिला दार्जीलिङ नगरपालिका क्षेत्रनिवासी हुन्।
रेपिड एन्टिजेन टेस्टमा ती महिला कोरोना सङ्क्रमित रहेको पुष्टि भएको हो। महिलाको अवस्थामा अत्यन्त सोचनीय अवस्था रहेकाले अन्यत्र रेफर गर्न पनि नसकिएको तथा दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको केही महिनापछि नै मृत्यु भइहालेको डा. चन्दाले बताएका छन्।
कोरोना भाइरसको दोस्रो लहरका कारण दार्जीलिङमा मृत्युको यो पहिला मामिला हो। पछिल्ला केही दिनयता दार्जीलिङ पहाड़मा कोरोना सङ्क्रमणको मामिला पनि बढ़्दै गइरहेको छ।
अर्कोतिर सुकेपोखरीनिवासी एकजना कोरोना सङ्क्रमित महिलाको आज उत्तरबङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उपचाररत् अवस्थामा मृत्यु भएको बताइएको छ।