वीरपाड़ा, 22 अप्रेलः बिहीबार अपराह्न करिब 3 बजी वीरपाड़ा थानाअधीनस्थ लङ्कापाड़ा सड़कमार्गमा यात्रीवाहक वाहन र मालवाहक ट्रकबीच डरलाग्दो ठक्कर हुँदा तीनजना यात्रीको मृत्यु हुनका साथै 7 जना गम्भीर घाइते भएका छन्।
वीरपाड़ा पुलिसका अनुसार यस दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा गुलशन सुरी (37), शिला विश्वकर्म (58) र रेणुका मुण्डा रहेका छन्।
गम्भीर घाइते भएका सबैलाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।
प्रत्यक्षदर्शी शिला उराँवका अनुसार डोलोमाइट लादिएको भूटान नम्बरको ट्रक अनियन्त्रित भई वीरपाड़ाबाट गरगण्डातर्फ गइरहेको सफारीलाई सोझै ठक्कर दिँदा यो भीषण दुर्घटना भएको हो। उनका अनुसार उक्त ट्रक अत्यधिक तीव्र गतिमा थियो। रहेको पनि बताइएको छ।
दुर्घटनापछि आक्रोशित मानिसहरूले आरोपी ट्रकमा आगो झोसेका थिए। यद्यपि पुलिस पर अग्निशमन विभागका कर्मीहरूले आगोलाई निभाएका थिए।
वीरपाड़ा थानका प्रभारी विराज मुखर्जीले दुवैवटा वाहनलाई पुलिसले कब्जामा लिएर र दुर्घटनाको अनुसन्धान भइरहेका जानकारी गराएका छन्।