एकै दिनमा कोरोनाका 124 नयाँ मामिला, एकको मृत्यु

0
983

गान्तोक, 22 अप्रेलः सिक्किममा आज एकैदिनमा 124 जनाको कोरोना जाँच रिपोर्ट पोजिटिभ आएको छ।

यससितै राज्यमा एक्टिभ मामिला बढ़ेर 640 भएको छ।

आज थपिएका नयाँ मामिलाहरूमा 107 पूर्व सिक्किमबाट, 14 उत्तर जिल्ला अनि 3 दक्षिण जिल्लाबाट रहेका छन्।

अर्कोतिर, आज 18 जना आइसोलेशन पूरा गरी सामान्य जीवनमा फर्केका छन्।

हालसम्म सामान्य जीवनमा फर्किनेहरूको कुल सङ्ख्या राज्यमा 6041 रहेका छन्।

आज कोरोना सङ्क्रमितको एक जनाको मृत्यु पनि भएको जानकारी स्वास्थ्य विभागद्वारा गराइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here