पहाड़वासीका लागि सिलगढ़ीमा ‘पहाड़िया भवन’, अनितले भने- सक्षमहरूले होइन, तर असक्षमहरूले सुविधा पाउनुपर्छ

0
1130
सिलगढ़ीको उत्तरायनमा रहेको पहाड़िया भवन।

सिलगढ़ी, 22 जून : शनिबार सिलगढ़ीस्थित उत्तरायनमा पहाड़िया भवनको उद्घाटन गरिएको छ। उत्तरबङ्ग विकास विभागद्वारा निर्माण गरिएको उक्त ‘पहाड़िया भवन’-को हेर्चाह र व्यवस्थापन गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-लाई सुम्पिएको छ।

आज यो भवनको उद्घाटन जीटीएका बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) अनित थापाले गरे। यसअवसरमा थापासँग जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्त र खरसाङका विधायक डा. रोहित शर्माले पनि उपस्थित थिए।

दार्जीलिङ पहाड़का विभिन्न स्थानबाट उपचार, अध्ययन र नोकरीको अन्तर्वार्तालगायत अन्य कार्यहरूका लागि सिलगढ़ी आउने मानिसहरूको बस्ने सुविधा प्रदान गर्ने उद्देश्यले यो भवन निर्माण गरिएको हो।

यसबारे जानकारी गराउँदै जारी एक प्रेस विज्ञप्तिमा अनित थापाले भनेका छन्, ‘पहाड़का विपन्न मानिसहरू, जो सिलगढ़ीमा महँगा होटलहरूमा बस्न आर्थिक रूपमा सक्षम छैनन्, उनीहरूले उक्त भवनमा बस्ने सुविधा प्राप्त गर्नेछन्।’ कुनै अधिकारी अथवा शीर्ष प्रतिनिधिहरूको सिफारिशमा सक्षम मानिसहरूले होइन, तर अति आवश्यक मानिसहरूले मात्र उक्त पहाड़िया भवनमा बस्न पाउनुपर्ने थापाको भनाइ छ।

हाम्रा आर्थिक विपन्न मानिसहरूको सुविधाका लागि निर्माण गरिएको उक्त भवनमा आवश्यक मानिसहरूले नै सुविधा उपभोग गर्न पाउनुपर्छ भन्ने मेरो धारणा रहेको छ’, उनले विज्ञप्तिमा भनेका छन्।

पहाड़िया भवनलाई राज्यकी मुख्यमन्त्रीले पहाड़वासीका लागि दिएको ‘प्रेमिल उपहार’ बताउँदै जीटीएका बीओए अध्यक्षले उक्त भवनको व्यवस्थापन राम्रो प्रकारले हुनुपर्ने कुरामा पनि जोड़ दिएका छन्। यो पहाड़वासीको एक सम्पत्ति रहेकोले प्रत्येक पहाड़वासी र विभागीय कर्मचारीहरूले यसको संरक्षण र संवर्धन गरिनुपर्ने उनले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here