सिलगढ़ीमा कोरोनाको बढ़्दो सङ्क्रमण, ३० जूनसम्म हङकङ मार्केट बन्द रहने

0
1191
हङकङ मार्केट (फाइल फोटो)।

सिलगढ़ी, २२ जूनः शहरमा बढ़्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर आजदेखि हङकङ मार्केटका सबै दोकान बन्द गरिएको छ।

हङकङ मार्केटका व्यवसायी सङ्गठनले दोकानहरू बन्द गर्ने निर्णय लिइएको बताइएको छ।

व्यवसायी समितिका अनुसार आउँदो ३० जूनसम्म हङकङ मार्केटका सबै दोकान आउँदो ३० जूनसम्म बन्द रहनेछन्। जानकारीका अनुसार ३० जूनका दिन पुनः एक बैठक गरी अघिल्लो निर्णय लिइने बताइएको छ।

अर्कोतिर विधान मार्केट पनि थप एक साता बन्द हुने सम्भावना छ। यद्यपि विधान मार्केट बन्द गर्नेबारे त्यहाँको व्यवसायी सङ्गठनले कुनै ठोस निर्णय लिएको छैन। यसभन्दा अघि पनि विधान मार्केट कोरोना भाइरसकै कारण केही दिन बन्द भएको थियो।

उल्लेखनीय छ, सिलगढ़ी शहरमा केही दिनयता कोरोना सङ्क्रमणका मामिला प्रतिदिन बढ़्दै गइरहेको छ। अहिले सिलगढ़ी नगरनिगम क्षेत्रमा करिब डेढ़ सयभन्दा अधिक मामिला प्रकाशमा आइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here