सिक्किमकी छोरी डा. दीपशिखा छेत्री बनिन् भारतीय सेनामा कप्तान

0
1145

गान्तोक,  २२ जूनः सिक्किमकी छोरी डा. दीपशिखा छेत्री भारतीय सेनामा कप्तान बनेकी छन्। उनको यो उपलब्धि सिक्किम र सिक्किमेली मानिसहरूका लागि ठूलो गौरवको कुरा हो।

डा. दीपशिखा छेत्री सिक्किमकी दोस्रो महिला अफिसर हुन्, जसले भारतीय सेनामा सेवा पुऱ्याइरहेकी छन्।

उनी गान्तोक सिच्छेनिवासी राजेन्द्र कुमार छेत्री र बिन्दु छेत्रीकी छोरी हुन्, जसले आफ्नो स्कूले शिक्षा गान्तोकको टाशी नामग्याल एकाडेमी, कालेबुङको सेन्ट जोसेफ कन्भेन्ट र बिरला बालिका विद्यापीठ पिलानीबाट पूरा गरेकी थिइन्।

त्यसपछि उनले सिक्किम मणिपाल इन्स्टिट्युट अव् मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी हुन्।

अहिले उनी एक डाक्टर र सैनिकका रूपमा पूरा गर्नुपर्ने ८ महिने फिल्ड कार्यकालमा छिन्।

डा. दीपशिखा छेत्री सेनाको मेडिकल परीक्षामा सर्वभारतीय स्तरमा छैटौँ स्थान प्राप्त गरेकी हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here