एसटीएनएम अस्पतालमा १००० लिटर प्रतिमिनट क्षमताको अक्सिजन प्लान्टको उद्घाटन

0
807

गान्तोक २२ जूनः   मुख्यमन्त्री पीएस गोलेले आज एसटीएनएम अस्पतालमा स्थापना गरिएको १००० लिटर प्रतिमिनट क्षमताको नयाँ अक्सिजन प्लान्टको विधिवत उद्घाटन गरे।

मुख्यमन्त्रीले  एसटीएनएम अस्पतालका लागि थप १००० लिटर प्रतिमिनट अक्सिजन प्लान्टको उद्घाटनपछि अस्पतालको निम्ति पर्याप्त अक्सिजन आपूर्ति सुनिश्चित गरिएको बताए।

एसटीएनएम अस्पतालको निम्ति अगावै ५०० लिटर प्रतिमिनट अक्सिजन प्लान्ट सञ्जालित रहेको तथा केन्द्र सरकारको सहयोगमा गेजिङ, सिङ्ताम, नाम्ची र मङ्गनमा पनि अक्सिजन प्लान्ट स्थापना गर्ने कार्य चलिरहेको उनले जानकारी दिए।

यसअवसरमा उनले सिक्किम सरकारले राज्यका गरीब परिवारहरूका लागि नि:शुल्क रूपमा दबाई उपलब्ध गराउने र यसका लागि सरकारले दबाई निर्माता कम्पनीहरूसित सम्झौता गर्ने योजना बनाएको जानकारी दिए।

यसका लागि टेण्डर जारी गरेर दबाई निर्माता कम्पनीहरूसित कानुनी रूपमा सम्झौता गर्ने योजना रहेको बताउँदै मुख्यमन्त्रीले सिक्किमका सबै जिल्ला, प्राथमिक स्वास्थ्य केन्द्र अनि प्राथमिक उपस्वास्थ्य केन्द्रहरूमा चाहिने दबाईहरू उक्त कम्पनीको माध्यमबाट आपूर्ति हुने जानकारी गराए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here