कोलकाता, 22 जुलाई : शहरको बेहाला क्षेत्रमा रक्तदान शिविरलाई लिएर राज्यका शासक दल तृणमूल कङ्ग्रेस र प्रमुख विपक्षी भारतीय जनता पार्टीका कथित् कार्यकर्ताहरूबीच भएको हिंसक झड़पमा कम्तीमा पाँचजना घाइते भएको बताइएको छ।
हेहाला थानाका एक वरिष्ठ अधिकारीले सोमबार बिहान बताएअनुसार उक्त झड़पको घटना आइतबार राति 10 बजे भएको हो। उनका अनुसार क्षेत्रमा सुरक्षा व्यवस्था बढ़ाइएको छ।
तृणमूलका स्थानीय पार्षद् तारक सिंहले क्षेत्रमा शान्ति भङ्ग गर्नेहरूविरुद्ध उचित कारबाही गर्ने माग पुलिससमक्ष गरेका छन्। उनले भाजपा कार्यकर्ताहरूले तृणमूल कार्यकर्ताहरूमाथि हमला गरेको आरोप लगाए।
अर्कोतिर भाजपाका स्थानीय नेता दीपाङ्कर बनिकले तृणमूलका कार्यकर्ताहरूले आफूहरूमाथि हमला गरेको आरोप लगाए। ‘निजी प्रयासमा हामीले रक्तदान शिविरको आयोजन गरेका थियौं। तृणमूल कार्यकर्ताहरूले ममाथि पनि हमला गरे’, बनिकले भने। उनले हमलामा सामेल व्यक्तिहरूविरुद्ध शीघ्र कारबाही गर्नुपर्ने माग गरेका छन्।