सिक्किममा थप 108 जना कोरोना सङ्क्रमित

0
1090

गान्तोक, 22 जुलाईः कोरोना भाइरसका सङ्क्रमणलाई रोक्नका लागि सिक्किम सरकारले शुरूदेखि नै कठोर कदम उठाए तापनि राज्यमा कोरोना सङ्क्रमण प्रतिदिन बढ़्दै गइरहेको छ।

आज एकैदिन राज्यमा कोरोना भाइरसका 108 वटा नयाँ मामिला प्रकाशमा आएको छ। यसका साथै सिक्किममा कोरोना सङ्क्रमित कुल सङ्ख्या 438 पुगेको छ, जसमध्ये 112 जना स्वस्थ भई आ-आफ्नो घर फर्किसकेका छन्।

आजका दिनसम्म राज्यमा कोरोना भाइरसका एक्टिभ केस 326 रहेको छ।

आज एकैदिनमा सङ्क्रमित पाइएका 108 जनामध्ये पूर्व सिक्किमबाट 61 जना, पश्चिम सिक्किमबाट १ जना र दक्षिण सिक्किमबाट 46 जना रहेका छन्।

अर्कोतिर राज्यबाहिरबाट सिक्किम फर्किएका 48 व्यक्तिमा सबैको टेस्ट रिपोर्ट नेगिटिभ आएको छ।

यसैबीच कोरोना सङ्क्रमणलाई रोक्नका लागि सिक्किम सरकारले हिजोदेखि एक साता राज्यमा लकडाउनको घोषणा गरेको छ। यो लकडाउन आउँदो 27 जुलाईका दिनसम्म रहनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here