दार्जिलिङ, २२ जुलाई : दार्जिलिङको महारानी कन्या उच्चतर माध्यमिक विद्यालयमा आज कवि भानुभक्तलाई स्मरण गर्दै २०८औँ जन्मजयन्ती पालन गऱ्यो।
विद्यालयका विद्यार्थीगण र शिक्षिकावर्गको उत्साहपूर्ण उपस्थितिमा पालन गरिएको यस २०८औँ भानु जयन्तीमा विद्यार्थीहरूले रामायण पाठ र कविता वाचन गरेका थिए।
त्यसैगरी विद्यालयकी प्रधान अध्यापिका उमादेवी छेत्री र सहशिक्षिका वन्दना खेसाङ राईले वर्तमान समयमा रामायणको प्रासङ्गिकतामाथि महत्त्वपूर्ण र उपयोगी विचार राखिन् भने सुनिता छेत्रीले नेपाली भाषाको प्रयोगमाथि आफ्नो विचार पोखिन्।
यस भानु जयन्ती कार्यक्रम विद्यालयकी सहशिक्षिका ज्ञानी राई, सावित्री सार्कीहरूको तत्परतामा आयोजन गरिएको थियो।