राष्ट्रिय राजमार्गमा वाहन दुर्घटना

0
76

सिलगढी, २२ जुलाईः राष्ट्रिय राजमार्ग -१० मा अन्तर्गत रम्बी र कालीझोडाबिच पर्ने २० माइलमा वाहन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना यात्रु घाइते भएको बताइएको छ ।

आज मङ्गलवार अपराह्न सिलगढीबाट पश्चिम सिक्किम गइरहेको एसके ०२ जे १०२२ नम्बरको यात्रीवाहक वाहन र सिलगढीतर्फ गइरहेको मालवाहक वाहन परस्परमा ठोकिँदा यो मर्मान्तिक घटना भएको हो ।

रम्बी पुलिसका अनुसार यस दुर्घटनामा परी यात्रीवाहक वाहनका चालकको मृत्यु भएको छ ।

मृतक चालकका नाम अनिल तामाङ बताइएको छ ।

जानकारीका अनुसार उनी पश्चिम सिक्किमको गेजिङ निवासी हुन् । रम्बी ग्रामीण अस्पताल उपचारका क्रममा चालक तामाङको मृत्यु भएको हो ।

घाइते अन्य यात्रीहरूका उपचार पनि यसै अस्पतालमा भइरहेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here