केन्द्रको निर्देशः सामान र मानिसहरूको अन्तरराज्यीय आवागमनमाथि प्रतिबन्ध नलगाइयोस्

0
1101

नयाँ दिल्ली, 22 अगस्तः सामान र मानिसहरूको अन्तरराज्यीय अर्थात् एक राज्यबाट अर्को राज्यमा आवागमन खुल्ला राखिनुपर्ने केन्द्र सरकारले बताएको छ।

लकडाउन-3 को दिशानिर्देशलाई स्मरण गराउँदै केन्द्रले यससम्बन्धमा सबै राज्यका सचिवहरूलाई पत्राचार गरेको छ।

पत्रमा स्पष्टसँग सामान र मानिसहरूको अन्तर्राज्यीय आवागमनमाथि प्रतिबन्ध नलगाउन बनिएको छ।

केन्द्रिय गृह सचिव अजय भल्लाले पत्रमा विभिन्न जिल्ला र राज्यद्वारा स्थानीय स्तरमा आवगमनमाथि प्रतिबन्ध लगाइरहेको खबर प्राप्त भइरहेको बताएका छन्।

‘अनलक-3’ –का दिशानिर्देशलाई स्मरण गराउँदै भल्लाले यस्ता प्रतिबन्धले वस्तु एवं सेवाको अन्तरराज्यीय आवागमनमा समस्या सिर्जना हुने तथा यसले आपूर्ति शृङ्खलामाथि असर पर्ने बताएका छन्, जसका कारण आर्थिक गतिविधि या रोजगारमा अवरोध सिर्जना हुनेछ।

गृह सचिवका अनुसार यस्तो प्रतिबन्ध आपदा प्रबन्धन कानून 2005 का प्रावधानअन्तर्गत गृह मन्त्रालयको दिशा-निर्देशको उल्लङ्घन समान हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here