दश सीटसम्बन्धी चामलिङले पत्र लेखेको एचएसपीको दाबी

0
1003
शुक्रवार  सिङताममा सम्पन्न जनसभामा  उपस्थित हाम्रो सिक्किम पार्टीका उपाध्यक्ष भाइचुङ भोटिया र अन्य। 

गान्तोक, 21 सेप्टेम्बरः मुख्यमन्त्री पवन चामलिङले केन्द्रको एउटा ठूलो पार्टीलाई दश सीट दिने भनेर चिट्ठी लेखेको भाइचुङ भोटियाले दाबी गरेका छन्। शुक्रवार सिङ्ताममा सम्पन्न हाम्रो सिक्किम पार्टी (एचएसपी) को एउटा जनसभापछि पत्रकारहरूसँग कुराकानी गर्दै  भाइचुङले यस्तो दाबी गरेका हुन्।
के यो पत्र भारतीय जनता पार्टीलाई लेखिएको हो भनी पत्रकारहरूले प्रश्न राख्दा एचएसपी पार्टीका उपाध्यक्षले भने, कसलाई लेखेको हो,  म भन्दिनँ। तपाईंहरू आफै खोजी गर्नुहोस्।
एसडीएफसँग केन्द्रमा रहेको गठबन्धन तोड्न उनले भारतीय जनता पार्टीलाई पुनः आग्रह गरे। यसै सम्बन्धमा एचएसपी प्रवक्ता विराज अधिकारीलाई पत्रकारहरूले प्रश्न गर्दा उनले भने, हामीसँग अहिले चिट्ठीको प्रतिलिपि छैन। यसैले पत्रकारहरूलाई उपलब्ध गराउन सक्दैनौं। तर, हाम्रो सूत्रले यस्तो समाचार दिएको छ।
स्मरण रहोस्, एचएसपीले दुई दिनअघि प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री चामलिङले एउटा राष्ट्रिय दललाई दश सीट दिने प्रस्ताव राखेको दाबी गरेको थियो। एचएसपीको यो दाबीलाई सत्तारूढ़ एसडीएफ पार्टीले अघिबाटै खण्डन गरिसकेको छ। एसडीएफले यस सम्बन्धमा भनेको थियो, एसडीएफ पार्टीलाई कोहीसँग गठबन्धन गर्ने आवश्यकता छैन। एसडीएफको यस्तो इतिहास छैन। यो पार्टीले कहिल्यै पनि कसैसँग गठबन्धन गरेको छैन अनि गर्ने पनि छैन।
एक प्रश्नको उत्तरमा भाइचुङले आफूहरूको पार्टी सिक्किममुखी सबै राजनीतिक दलसँग हामी गठबन्धन गर्न तयार रहेको सबैक लागि हाम्रो सिक्किम पार्टीको दैलो खुल्ला रहेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here