भलपैह्रोले फेरि हाइवे बन्द

0
1073

कालेबुङ, 22 सेप्टेम्बरः 29 माइलमा फेरि राष्ट्रिय राजमार्ग 10 बन्द भएको छ।

रातिदेखि परिरहेको पानीको कारण 29 माइलनजिक झोड़ा बढ़ेपछि माथि आएको भलपैह्रो सड़कमा थुप्रिएपछि राजमार्ग बन्द भएको हो, जसका कारण वाहनहरूका लामो ताँती लागेको छ।

हाल विभागका चारवटा जेसीबी मशिनले भलपैह्रो सोहोर्ने कार्य गरिरहेको छ।

अबेर बेलुकीसम्म यातायात सुचारू बन्ने सम्भावना छ।

अर्कोतिर, माथिबाट आएको भलपैह्रोले एउटा मालवाहक वाहनलाई आधा पुरेको छ।

जानकारीका अनुसार भलपैह्रोका कारण बिहानैदेखि राष्ट्रिय राजमार्गमा यातायात ठप्प भएको हो। हिजो पनि घरी घरी यातायात बन्द भएको थियो।

उल्लेखनीय छ, 29 माइलमा रहेको झोड़ा केही वर्षदेखि राष्ट्रिय राजमार्गका लागि गाढ़े घाउ बनेको छ। अलिकति ठूलो पानी पऱ्यो कि यो झोड़ा बढ़िहाल्छ। यो झोड़ा बढ़्नु भनेको माथिबाट भलपैह्रो आएर सड़कमा थुप्रिनु हो। यातायात बाधित बन्नु हो। केही वर्षयता घरी घरी 29 माइलमा भलपैह्रोका कारण राष्ट्रिय राजमार्गमा यातायात बाधित बन्दै आइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here