वार्ताको ढोका खोलिनु ठूलो कुरा होः मन घिसिङ

0
1123

दार्जिलिङ, २२ सेप्टेम्बर दिल्लीमा त्रिपक्षीय वार्ता चाँड़ै र सफल होस् भन्ने प्रार्थना गर्दै बुधबार गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङले टिस्टाभेल्लीको सजनी डाँड़ास्थित देवी मन्दिरमा बल बिन्ती मागेका छन्।

गोरामुमोले प्रत्येक वर्ष २२ सेप्टेम्बरका दिन यसै मन्दिरमा गोर्खाल्याण्ड जनजागरण दिवस पालन गर्दै आइरहेको छ।

त्यसै क्रमअनुसार, पार्टीले बुधबार ३६औँ गोर्खाल्याण्ड जनजागरण दिवस पालन गरेको छ, जसमा पार्टी अध्यक्ष मन घिसिङले दिल्लीमा शीघ्र वार्ता होस् भन्ने विषय लिएर प्रार्थना गरेको बताएका छन्।

१० वर्षमा के भयो, त्यसको हिसाब किताब आफूले दिन आवश्यक नरहेको बताउँदै उनले दार्जिलिङमा राजु बिष्ट सांसद बनेपछि यताको हिसाब दिन सक्ने बताए। यद्यपि, उनले १ वर्षसम्म कोरोना सङ्क्रमणका कारण सांसद बिष्टले कुनै काम नै गर्न नसकेको बताउँदै दोस्रो १ वर्षमा वार्ताको ढोका खोलिनु ठूलो चीज हो भन्ने बताए।

यस्तो अवसर फेरि फेरि आउन नसक्ने बताउँदै उनले यसको फाइदा उठाइहाल्नुपर्ने पनि बताएका छन्।

 “विगतको १० वर्षसम्म भाजपालाई सघाउने दलहरूमा गोरामुमो थिएन, त्यसैले त्यस समय नभएको कामको हिसाब-किताब गोरामुमोले दिन कुनै आवश्यकता छैन। तर, २०१९-मा गोरामुमोले भाजपाबाट खड़ा भएका राजु बिष्टलाई साथ दिएको हो अनि उनको कार्यकालमा के काम भइरहेको छ, त्यसको जवाब पार्टीले दिनेछ”, मन घिसिङले थपे, “राजु बिष्टले धेरै राम्रो काम गरिरहेका छन् अनि केन्द्र सरकारले पनि गोर्खा जातिका लागि अवश्यै राम्रो काम गर्नेछ। यसै विषयलाई ध्यानमा राखेर नै गोरामुमोले भाजपालाई साथ दिएको हो।”

उनले सांसद बिष्टको पहलमा स्थायी राजनीतिक समाधानका लागि अवश्यै त्रिपक्षीय वार्ता हुने ठोकुवा गर्दै यो समय कसैले पनि बाधा दिने कार्य गर्न नहुने पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here