दार्जिलिङ, २२ सेप्टेम्बरः देशको सुरक्षार्थ शत्रुसँग लड़्दा शहीद भएका पुसिम्बेङ चियाकमाननिवासी विधान घिसिङलाई श्रद्धाञ्जली अर्पण गर्न आज पहाडका जनप्रतिनिधि र अभिभावकहरू बाघडुग्रा हवाईअड्डा नगएकोमा अजय एड्वर्ड्सले खेद प्रकट गरेका छन्।
‘खोई त शहीदलाई सम्मान?’, उनले प्रश्न गरेका छन्।
एड्वर्ड्सका अनुसार शहीद विधान घिसिङको शवलाई जस्तो प्रकारको व्यवस्था गरी आज घरसम्म ल्याइपुऱ्याइयो, त्यो अत्यन्तै निराशाजनक देखिएको छ।
‘देशका लागि आफ्नो प्राणको आहुति दिने वीर शहीदलाई अन्तिम श्रद्धाञ्जली दिन न त्यहाँ (बाघडुग्रा हवाइअड्डामा) पहाडका कुनै नेता देखापरे, न त कुनै निर्वाचित प्रतिनिधि नै’, उनले भनेका छन्, ‘आजसम्मका धेरै शहीदहरूमध्ये एकैजना शहीदको अन्तिम मुहारसम्म हेर्न कसैले समय निकाल्न सकेनन्।’
अजय एड्वर्ड्सले शहीद विधान घिसिङको आत्मशान्तिका लागि ईश्वरसँग प्रार्थना गर्नका साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।