विनयपन्थी मोर्चाले विष्टको बाटो छेक्दा तनाउ, गाड़ीहरू तोड़फोड़ गरिएको आरोप

0
1482

कालेबुङ, 22 अक्टोबर : सिञ्जीको भक्तिमाया प्राथमिक पाठशालाको स्वर्ण जयन्ती समारोहमा अंशग्रहण गर्न गइरहेका सांसद राजु विष्टको बाटो विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाका समर्थकहरूले रोक्दा तनाउ सिर्जना भएको छ।

जानकारीका अनुसार सिञ्जीनजिक मन्दिर खोलामा अघिबाटै विरोध जनाउन भेला भएका विनयपन्थी मोर्चाका समर्थकहरूले विभिन्न नारा लगाउँदै बाटो छेकेका थिए। यसअवधि दुई समूहबीच झड़प पनि भएको बताइएको छ।

जानकारीका अनुसार विष्टहरू सिञ्जीतर्फ गइरहेकै बेला बाटोमै विनय समर्थकहरूले नाराबाजी गर्दै बाटो छेकेका थिए। अर्कोतिर ती विनयपन्थी मोर्चा समर्थकहरूले वाहनहरूमा समेत क्षति पुऱ्याइएको दाबी गरिएको छ।

भाइरल म्यासेज।

उल्लेखनीय छ, हिजो विनयपन्थी नारी मोर्चा कालेबुङ जिल्ला समितिकी महासचिव गायत्री मुखियाद्वारा पठाइएको एक वाट्सएप म्यासेज सोशल मिडियामा भाइरल भएको थियो। जिल्ला समितिको पक्षमा पठाइएको उक्त म्यासेजमा सांसद राजु विष्टलाई कालो झण्डा देखाउनका लागि बिहान 8:30 बजे पाला ब्रीजमा समष्टिका अध्यक्ष, संयोजकलाई कम्तीमा पाँच गाड़ी नारी युवा मोर्चा कार्यकर्तासहित उनीहरूलाई पनि अनिवार्य उपस्थित भइदिने कड़ा निर्देश दिइएको थियो। यसका साथै केन्द्रिय समिति र जिल्ला समितिका सदस्यहरूलाई पनि अनिवार्य उपस्थित भई अनुरोध गरिएको थियो।

अर्कोतिर विनयपन्थी मोर्चाले बाटो छेकेपछि सांसद विष्ट बाटोबाट फर्किन बाध्य बनेको बताइएको छ। यो घटनाले क्षेत्रमा तनाउ सिर्जना भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here