राज्यको आड़मा विनय-अनितले पहाड़मा आतङ्क फैलाउने काम गर्दैछन् : नीरज जिम्बा

0
2525
विधायक नीरज जिम्बा।

दार्जीलिङ, २२ अक्टोबर : मङ्गलवार सांसद राजु विष्ट र उनका समर्थकहरूमाथि सिञ्जीनजिक मन्दिर खोलामा भएको हमलाको विधायक नीरज जिम्बाले तीखो शब्दमा भर्त्सना गरेका छन्।

‘एकजना सांसदमाथि हमला हुनु भनेको अत्यन्त निन्दनीय कुरा हो’, जिम्बाले थपे, ‘राज्य सत्ताको आड़मा अहिले विनय तामाङ र अनित थापाले आतङ्क सिर्जना गर्ने कोशिश गर्दैछ। सांसदमाथि विनय-अनितका समर्थकहरूले गरेको आज सांसदमाथि गरेको हमला यसैको प्रमाण हो।’

विधायक जिम्बाले सांसदमाथि हमलाका दोषी व्यक्तिहरूलाई पक्राउ गरी कड़ाभन्दा कड़ा कारबाही गर्नुपर्ने माग गरेका छन्।

‘जाति माटो बेचेर राज्यको आशिर्वादमा बाँचिरहेका बाँचिरहेका विनय-अनितले आफूहरूलाई बचाइराख्न हिंसाको सहारा लिइरहेका छन्’, जिम्बाले थपे, ‘जुन निन्दनीय कुरा हो। जनताले उनीहरूको असली रूप चिनिसकेका छन्। वास्तवमा राज्यको आर्शिवाद र प्रशासनको सहयोगबिना उनीहरूसँग केही छैनन्।’

उनको आरोपमा अनुसार दार्जीलिङ पहाड़मा पुलिस-प्रशासनले पनि एकपक्षे कारबाही गरिरहेको छ। पुलिस-प्रशासन निष्पक्ष नभएकै कारण आज सांसदमाथि हमला भएको विधायक जिम्बाको दाबी छ।

‘दुई दुईवटा चुनाउमा पराजित भएपछि डुप्लिकेट मोर्चा आतिएको छ। यो त्यसै हताशाको प्रमाण हो। यदि विनय-अनितको यस्तो घृणित कार्यले स्थायी राजनीतिक समाधानको बाटोमा बाधा सिर्जना भए, त्यसको जिम्मेवार उनीहरू हुनेछन्’, उनले थपे, ‘कानूनलाई हातमा लिएर एक प्रतिनिधिमाथि हमला गरिनु र पुलिसले मूकदर्शक बनेर हेर्नु गणतन्त्रकै लागि खतरा हो। यस्तो कार्यको हामी तीखो शब्दमा भर्त्सना गर्दछौं।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here