खरसाङमा मोर्चा पहिलो खेमाद्वारा पोस्टरिङ, विमलहरूलाई गऱ्यो स्वागत

0
1221

खरसाङ, 22 अक्टोबरः विमल गुरुङपन्थी गोर्खा जन मुक्ति मोर्चा खरसाङ महकुमा समितिले स्थानीय मोटर स्ट्यान्डमा आज पोस्टरिङ गऱ्यो।

पोस्टरमा पार्टी अध्यक्षलगायत विस्थापित बनेका कार्यकर्ताहरूलाई स्वागत गरेको छ।

‘गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले समयसापेक्ष लिएको निर्णयलाई खरसाङका जनता सहृदय स्वागत जनाउँदछन्’, पोस्टरमा थप भनिएको छ, ‘गोर्खा जाति वीर मात्र होइन, बुद्धिमानी पनि छन् भन्ने कुरालाई अध्यक्षको निर्णयले प्रमाणित गर्दछ।‘

यसैगरी विस्थापितहरूका घर फर्काइलाई खरसाङका जनताले सहृदय स्वागत गर्ने पनि पोस्टरमा बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here