सिलगढ़ी गइरहेको वाहन दुर्घटना

0
939

कालेबुङ, २२ अक्टोबरः सिक्किमको रानीपुलबाट सिलगढ़ीतर्फ गइरहेको एसके ०१ जे २४८६ नम्बरको यात्रीवाहक सुमो गाड़ी लाभाछेउ ९ माइल फाटकमा दुर्घटना भएको घटना प्रकाशमा आएको छ।

गाड़ीका चालक एवं यात्रीहरू सुरक्षित नै रहेको बताइएको छ। जानकारीका अनुसार उक्त वाहन हिजो राति करिब ८.३० बजे दुर्घटना भएको हो।

राष्ट्रिय राजमार्ग १० पैह्रोका कारण बन्द भएकाले उक्त गाड़ी कालेबुङको लाभा हुँदै सिलगढ़ीतर्फ गइरहेको थियो। तर लाभाछेउ ९ माइल फाटक आइपुग्दा दुर्घटनामा पऱ्यो।

बाक्लो कुइरोका कारण वाहन दुर्घटनामा परेको बताइएको छ।

हिजो राति सडकबिचै पल्टेको उक्त वाहनलाई आज दिउँसो लाभा चालक सङ्गठन र अन्यको सहयोगमा उठाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here