विद्यार्थी मोर्चाका नेतृत्वहरूसँग विमल गुरुङको बैठक

0
966

दार्जीलिङ, 22 नोभेम्बरः गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा पहिलो खेमाको केन्द्रिय समितिका नेतृत्वहरूसँग पार्टी अध्यक्ष विमल गुरुङले बैठक गरेका छन्।

विमलपन्थी मोर्चा मिडिया सेलका अनुसार सभामा खरसाङ महकुमा समितिका अध्यक्ष एवं सचिवलगायत अन्य सदस्यहरू पनि उपस्थित थिए।

यसका साथै दार्जीलिङ, कालेबुङ र मिरिक आदि ठाउँबाट पनि विद्यार्थी मोर्चाका शीर्ष नेतृत्वहरू उपस्थित रहेको बताइएको छ।

बैठकमा विद्यार्थी मोर्चा केन्द्रिय समिति नेतृत्वहरू क्रमैले प्रवेश राई, अनमोल थापा, भूषण तामाङ आदिले सम्बोधन गरेका थिए।

त्यसैगरी दार्जीलिङ सरकारी महाविद्यालयकी दीपिका मुखिया र करण लिम्बू, कालेबुङ महकुमाबाट दीपिका परियार, खरसाङ महकुमाबाट राज तामाङ, पोख्रेबुङबाट अनिकेश प्रधानले पनि दार्जीलिङ पहाड़को वर्तमान शिक्षा व्यवस्थामाथि प्रकाश पार्नका साथै विद्यार्थी मोर्चा सङ्गठन कसरी सञ्चालन गर्न पर्ने विषयमा आ-आफ्नो सल्लाह सुझाउ राखे।

बैठकमा पार्टी महासचिव रोशन गिरीले पनि महत्त्वपूर्ण सुझाउ राखे भने अध्यक्ष विमल गुरुङले विद्यार्थी नेतृत्वहरूलाई सम्बोधन गर्दै आफू जीटीए चिफ हुँदा शिक्षा क्षेत्रमा धेरै काम गरेको दावी गरे।

साथै अबका विद्यार्थीहरूले नयाँ भिजन लिएर कार्य गर्नुपर्ने तथा आउँदा दिनहरूमा शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउनुपर्ने सुझाए।

बैठकलाई विद्यार्थी मोर्चा साङ्गठनिक सचिव सञ्जीव सुवेदीले सञ्चालन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here