कञ्चनजङ्घा सिल्ड 2020 : अल्पाइन स्पोर्टिङ क्लब विजयी, निलेश लामिछाने म्यान अव् द म्याच

0
1198

गान्तोक, 22 नोभेम्बरः सिक्किम क्रिकेट एसोसिएशनको तत्वावधानमा रम्फूको माइनिङस्थित नवनिर्मित मैदानमा आयोजित कञ्चनजङ्घा सिल्ड 2020 टुर्नामेन्टको आज फाइनल खेल सम्पन्न भयो।

फाइनलमा अल्पाइन स्पोर्टिङ क्लब र सिक्किम आर्म पुलिसको टीम ब्ल्याक इगल्सबीच भीड़न्त भएको थियो।

प्रायः एकतर्फी रहेको फाइनल म्याचमा अल्पाइन स्पोर्टिङ क्लब 125 रनले विजयी बन्यो।

टस जितेर पहिले ब्याटिङ गरेको अल्पाइन स्पोर्टिङ क्लबले 5 विकेट गुमाएर 200 रन बनाएको थियो। यो टुर्नामेन्टकै सर्वाधिक स्कोर थियो।

रञ्जी ट्रफीमा सिक्किमको नेतृत्व गर्ने टिमका कप्तान निलेश लामिछानेले कप्तानी पारी खेल्दै सर्वाधिक 57 रन बनाए।

यसरी 201 रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको ब्ल्याक इगल्स 22 ओभरमा केवल 75 रन बनाएर सबै विकेट गुमायो।

ठूलो विजयी लक्ष्यअघि दबाउमा आएर नियमित अन्तरालमा विकेट गुमाएपछि ब्ल्याक इगल्सले फराकिलो हार बेहोरेको हो।

निलेश लामिछानेलाई म्यान अव् द म्याच घोषित गरियो।

आजको फाइनल खेलमा राज्यका मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि थिए।

उनले माइनिङको सिक्किम क्रिकेट एसोसिएशन ग्राउण्डको प्रेक्टिस पिचको विधिवत उद्घाटन गरे।

मुख्यमन्त्रीलाई एसोसिएशनको तर्फबाट अभिनन्दन पनि जनाइयो।

यस अवसरमा मुख्मन्त्रीले माइनिङ ग्राउण्डको लिज एग्रिमेन्ट पेपर एसोसिएशनका अध्यक्ष लोब्जाङ जी. तेञ्डिङलाई सुम्पे।

पछि विशिष्ट अतिथि तथा खेल मन्त्री कुङ्गा निमा लेप्चाले विजेता एवम् उप-विजेता दललाई पारितोषिक प्रदान गरे।

मुख्यमन्त्री गोलेले आज फाइनल खेलका दुवै टीमलाई आफ्नो तर्फबाट 1-1 लाख रुपियाँ प्रोत्साहनराशि पनि प्रदान गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here