विश्वकै एक कठिन पर्वत आरोहण गर्न उत्साहित सिक्किमे छोरी शान्ति राई

0
1127

गान्तोक, 22 दिसम्बरः  सिक्किम साथै देशभरिका 20 देखि 25 वटा विभिन्न हिमालय चुचुराको सफलतापूर्वक आरोहण गरिसकेकी सिक्किमकी छोरी शान्ति राई विश्वकै सबैभन्दा कठिन आरोहणमध्ये एक मानिने नेपालको “आमा डाबलाम” पर्वत आरोहण गर्न निस्केकी छन्।

आमा डाबलाम पूर्वी नेपालको हिमालय पर्वत शृङ्खलाभित्रको एउटा पर्वत हो, जसको उँचाइ 6 हजार 8 सय 12 मिटर रहेको छ। यस मौसममा पर्वतारोहण झनै कठिन मानिन्छ।

चेम्चेस्थित इण्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एण्ड इको टुरिज्म-की सिनियर इन्स्ट्रक्टर शान्ति राई पाँचवटा देश मेक्सिको, टर्की, अमन, इजिप्ट र भारतको यस संयुक्त एक्पिडिशनमा देशलाई प्रतिनिधित्व गर्ने एकमात्र आरोही रहेकी छन्।

आज राजधानीस्थित मुख्यमन्त्रीको आधिकारिक निवास मिन्तोकगाङमा मुख्यमन्त्री पीएस गोलेले एक्पिडिशनको फ्ल्याग अफ् गरे।

यस अवसरमा पर्यटन मन्त्री बीएस पन्त, इण्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एण्ड इको टुरिज्म-का सह-निर्देश काजी शेर्पा साथै पर्यटन विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्री गोलेले शान्ति राईलाई शुभकामना व्यक्त गरिन्।

उनले सिक्किम मात्र नभएर भारतकै प्रतिनिधित्व गर्नु भनेको सिक्किम राज्य र सिक्किमे नारीहरूको शिर उच्च हुनु रहेको बताए।

यसरी नै शान्ति राईले पत्रकारहरूसितको कुराकानी गर्दै आफू 24 दिसम्बरका दिन यहाँबाट नेपाल प्रस्थान गर्ने बताइन्।

उनले बताएअनुसार 31 जनवरीभित्र पर्वातोरहण पूरा हुनेछ। साथै उनले आफू यस कठिन आरोहणमा सफल बनेर फर्कने आशा व्यक्त गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here