विमलको दावी-बङ्गालमा सत्ता परिवर्तन हुँदैन

0
1296

खरसाङ, २३ फरवरीः बङ्गालमा सत्ता परिवर्तन नहुने ठोकुवा विमल गुरुङले गरेका छन्।

आज दुधेमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्।

“बङ्गालमा परिवर्तन हुनेछैन। भाजपाले ७० भन्दा ज्यादा सिट जित्नेछैन”, गुरुङले दावी गरे।

उनको दावीका अनुसार तृणमूल कङ्ग्रेसको यसपालि सिट सङ्ख्या घटे तापनि ममता ब्यानर्जीकै सरकार बन्नेछ।

यसका साथै उनले पहाड़मा आफ्नो पार्टीले जित्ने दावी पनि गरे।

विमलका अनुसार बङ्गालमा तृणमूल सरकारले राम्रो कार्य गरिरहेको छ। यसैले परिवर्तनको अवश्यकतै छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here